Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० बैशाख १३ गते बुधबार

वडाअध्यक्ष झक्कासले बाेर्डिङबाट झिकेर सरकारि स्कुलमा गरे छाेरा भर्ना ।

कञ्चनपुरको भीमदत्त नगरपालिका एक वडाका जनप्रतिनिधीले आफ्ना सन्तान बोडिङ्ग स्कुलबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गराएका छन । भीमदत्त नगरपालिका १३ जनप्रतिनिधीले आफ्ना सन्तान बोडिङ्ग स्कुलबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गराएका हुन ।
राज्यको लगानी सामुदायिक विद्यालयमा रहेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्ना सन्तानलाई बोडिङ्गबाट छुटाएर निजीमा भर्ना गरेका छन । भीमदत्त १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास), वडा सदस्य दिपक बुढाले आफ्ना सन्तान(छोराछोरी)लाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन । भीनपा १३ पिपरैयामा रहेको बैजनाथ विद्यानिकेतनमा वडाध्यक्ष बोहरा र सदस्य बुढाले आफ्ना छोराछोरीलाई बोडिङ्गबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गराएका छन ।

बैजनाथ विद्यानिकेतन प्रद्यानाध्यापक भानदेव भट्टले वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले आफ्ना छोरा प्रशान्त भट्टलाई कक्षा ६ र वडा सदस्य दिपक बुढाले छोरी भूमिका बुढालाई कक्षा ४, छोरा भुवन बुडालाई कक्षा २ र अर्की छोरी भावना बुढालाई शिशु(बालविकास कक्षा)मा भर्ना गराएको बताए । प्रअ भट्टले बुधबार वडाध्यक्ष बोहरा, सदस्य बुढाले आफ्ना सन्तानलाई भर्ना गराएका छन । ‘हाम्रो विद्यालयमा जनप्रतिनिधी सहित शिक्षक, कर्मचारी सहित थुप्रै सार्वजनिक क्षेत्रमा कार्यरत अभिभावकले आफ्ना सन्तानलाई भर्ना गराएका छन । यस अघि भीमदत्त नगरपालिका १९ की सदस्य भागरती कुँवरले आफ्ना छोरा हिमान्सु कुँवरलाई वडाकै लक्ष्मी माविमा रहेको विद्यालयमा कक्षा ७मा भर्ना गराएकी छिन । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य चक्र बहादुर सुनारले आफ्ना सन्तानलाई भीनपा १५ खैरभट्टीमा रहेको लक्ष्मी माविमा भर्ना गराएका छन ।

भीमदत्त नगरपालिका १३ मा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले चुनावी प्रतिबद्धता अनुरुप परिर्वतन सुधार आफैबाट गर्नका लागि निजी विद्यालय (बोडिङ्गबाट छुटाएर सरकारी विद्यालयमा भर्ना गराएको बताए । ‘सरकारी विद्यालयमा गरिबका मात्रै सन्तान पढ्न जान्छन, भन्ने मानसिकता छ, ‘वडाध्यक्ष बोहराले भने, ‘नेता , जनप्रतिनिधी, कर्मचारीका छोराछोरी पढ्दैनन, भन्ने हटाउनुपर्छ ।’ वडाध्यक्ष बोहराले वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>