Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख १५ गते शुक्रबार

सुदुरपश्चिमकाे मानविकिमा पदक प्राप्त हेमालाई भिमदत्त १८ काे सम्मान ।

भीमदत्त नगरपालिका १८ ले सुदूरपश्चिम बिश्व विद्यालय केन्द्रीय क्याम्पसबाट मानविकी तथा समाजिक शास्त्र संकाय अन्र्तगत स्नात्कोत्तर तहमा स्वर्ण पदक पाएकी छात्रालाई सम्मान गरेको छ ।

वडा कार्यालयमा बिहिवार एक कार्यक्रमको आयोजना गर्दै स्नात्कोत्तर तहमा शैक्षिकसत्र २०७७ मा सर्वाेत्कृष्ट नतिजा हासिल गरी तेस्रो दिक्षान्त समारोहमा स्वर्ण पदक विजेता भीमदत्त नगरपालिका १८ की हेमा जोशीलाई नगद सहित सम्मान गरिएको हो ।

वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाका अनुसार कुनै पनि वडाले अहिले सम्म आफनो क्षेत्रमा शिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिधार्थीहरुलाई सम्मान नगरेको अवस्थामा आफुहरुले सम्मान गरी विधार्थीहरुलाई थप उर्जा हौसला प्रदान गर्ने र शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्न स्वर्ण पदक विजेता जोशीलाई सम्मान गरिएको उनले बताए ।

वडामा रहेका बिभिन्न प्रतिभाशाली युवालाई उत्प्रेरणा प्रदान गर्न यो सम्मान गरिएको वडा अध्यक्ष देवकोटाले बताए ।

सम्मान पाएपछि आफुलाई धेरै खुशी लागेको हेमा जोशीले बताईन् । वडाले गरेको सम्मानले थप हौसला जिम्मेवारी प्रदान गरेको र अबको दिनमा फेरी मेहनेतका साथ आफनो अध्ययनलाई अगाढी बढाउने बताईन् ।यो सम्मानले अन्य छात्राहरुलाई पनि हौसला दिने उनले बताईन् । साथै उनले आफुलाई सम्मान गरेको प्रती वडा नम्वर १८ लाई धन्यवाद व्यक्त गरिन् ।
हेमाले सुदुरपश्चिममै एमफिल तहकाे अध्ययन गर्दैछिन । विश्वविद्यालय तहका केही कितावहरु समेत निकालि सकेकि छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>