Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
दाेधारा चादनी
२०८० बैशाख १६ गते शनिबार

दोधारा चाँदनी– ६ वडामा निशुल्क कम्प्युटर तालिम सुरु ।

दोधारा चाँदनी नगरपालिकाका ३ महिने आधारभुत निशुल्क कम्प्युटर तालिम संचालन भएको छ् । नगरपालिका– ६ वडा कार्यालयमा ३ महिने आधारभुत निशुल्क कम्प्युटर तालिम संचालन भएको हाे ।

दोधारा चाँदनी– ६ कार्यालयको आर्थिक सहयोग र दोधारा सामुदायिक अध्ययन केन्द्रको आयोजनामा वडाका किशोर, किशोरीहरुलाई ३ महिने आधारभुत निशुल्क कम्प्युटर तालिम संचालन गरिएको वडाध्यक्ष तथा नगरप्रबक्ता बस्नेतले बताउनुभएको छ् । तालिमका ८० जना सहभागीहरुलाई ६ समुह बनाएर तालिम संचालन गरिने भएको छ् । बिद्यार्थीहरुलाई लक्षित गरि तालिम गरिएको, दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउन गुणस्तरीय शिक्षाका लागि निशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेतले बताउनुभएको छ् ।

आजको युग भनेको विज्ञान र प्रविधिको युग भएकोले कम्प्युटर शिक्षा अपरिहार्य भएको बताउदै अध्यक्ष बस्नेतले विगतको तुलनामा टेक्नोलोजीले ठूलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले समय सापेक्ष प्रगती गर्न नसक्ने बताउनु भयो । आजको युग कम्तीमा पनि कम्प्युटरको आधारभुत ज्ञान हुनै पर्ने भएकोले वडा कार्यालयले निशुल्क ३ महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको बताउदै समय अवधीभर ध्यान दिएर तालिममा सिकाएका हरेक विषयबस्तु सिक्न अनुरोध गरिएको छ् ।

तालिमका प्रशिक्षक अमिशा खत्रीले आफुले जानेका कुरालाई सहभागीलाई बाढ्ने बताउनुभएको छ् । तिन महिने कक्षाबाट कम्प्युटरको आधारभुत शिक्षामा सहभागी सबै दक्ष हुनै पर्ने उनले सुझाव दिएका छन् । तालिममा किशोरीहरुको उपस्थिति बढी हुनु खुसीको कुरा भएको बताउदै महिला शिक्षित भएमा घर शिक्षित हुने भएकोले समयवधीभर अनुशासनमा रही सिक्न सबैलाई प्रशिक्षक अमिशा खत्रीले अनुरोध गरेका छन् । घर नजिकै निशुल्क तालिम लिन पाएकाेमा  सहभागी विद्यार्थीहरु खुशी भएका छन् 


#कम्युटर तालिम

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>