Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
मसुरिया
घनश्याम पाैडेल
२०८० बैशाख १८ गते सोमबार

प्रदेशसभा सदस्य कुँवरले गराईन छाेरा छाेरि सरकारि विद्यालयमा भर्ना ।

सुदुरपश्चिम प्रदेश सभा सदस्य जानकी देवी कुँवरले आफ्ना  छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराएकी छन् । गौरीगंगा वडा नं ८ मा रहेको जनप्रिय माध्यामिक विद्यालयमा उनले छोरालाई भर्ना गराएकी हुन् । देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला प्रदेश सभा सदस्य कुँवर स्वयं विद्यालय पुगेर छोरालाई विद्यालयमा भर्ना गराएकी हुन ।
 सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक, सरकारी कर्मचारीहरू र जनप्रतिनिधिहरूले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने विषयले चर्चा पाइरहेका बेला सुदूरपश्चिम प्रदेश सभा सदस्य कुँवरले आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएकी हुन् ।
शिक्षामा देखिएको बिभेद अन्त्य गर्न सामुदायिक विद्यालयमा नेता, सरकारी कर्मचारी तथा शिक्षकहरूले आफ्ना छोराछोरी भर्ना नगर्दासम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा प्रश्न गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आफैले सुरुवात गर्नुपर्ने कुवरले बताइन ।  सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन शिक्षक, कर्मचारी सहित उच्च ओहोदाका व्यक्तिहरूले  आफ्ना सन्ततीलाई सरकारी विद्यालयमा भर्ना गर्न उनले आग्रह गरेकी थिइन् । गौरीगंगा ८ मा बसोबास रहेकी प्रदेश सभा सदस्य कुँवरले छोरा युवराज कुँवर, छोरी राधिका कुँवरलाई कक्षा ८ मा तथा सोमराज कुँवरलाई कक्षा ५ मा भर्ना गरेकी हुन ।


#शिक्षा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>