Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २१ गते बिहिबार

विद्यालयकाे लागि भवन बनाउन प्रअ बिष्टले निवेदन बुझाए उप प्रमुखलाई ।

कञ्चनपुरको एक सामुदायिक विद्यालयले स्थानीय सरकारसंग भवन निर्माणका लागि बजेट माग गरेको छ । भीमदत्त नगरपालिका १४ बनकट्टीमा रहेको शान्ति आधारभूत विद्यालयले भवन निर्माणका लागि बजेट माग गरेको हो ।

बिहीबार शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्टले भीमदत्त नगरका उपप्रमुख निलम लेखकलाई माग पत्र बुझाउँदै विद्यालय भवन निर्माणका लागि बजेट माग अघि सारेका छन ।

प्रअ विष्टले विद्यालयमा भवन मर्मत र टिनसेटका लागि बजेट अपरिहार्य रहेको भन्दै चालु बर्षमै बजेट दिन माग अघि सारेका हुन । उक्त विद्यालयमा ७० प्रतिशत भन्दा बढि दलित जनजाती समुदायका विद्यार्थी भएकाले समयमै मर्मत नभए जोखिम भएकाले बजेट माग अघि सारेका छन ।

यस अघि उपप्रमुख लेखक र भीनपा १४का वडाध्यक्ष भोजराज जोशीले विद्यालयको स्थलगत अनुगमन गर्दै अधुरो भवन निर्माणका लागि सिफारिस समेत गरेका छन । उपप्रमुख निलक लेखक र प्रमुख पदम बोगटीले भवन निर्माणका लागि प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका छन ।


#विद्यालय

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>