सत्ता गठबन्धन सहित चार दलका विद्यार्थी संगठनले जिल्ला प्रशासन कार्यालयमा बुझाएको मागपत्रको सुनुवाई नभएको भन्दै आन्दोलन घोषणा गरेका छन् । चार विद्यार्थी संगठनले निजी तथा सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क वृद्धि गरिएका लगायतका माग राखेर पाँच दिन अघि कंचनपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।
प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएपछि विद्यार्थी संगठनले बाध्य भएर आन्दोलन घोषणा गरेको माओवादि निकट अखिल क्रान्तिकारिका अध्यक्ष भुवन बिष्टले बताए । ‘निजी र सामुदायिक सबै विद्यालयमा मनपरी रुपमा शुल्क वृद्धि गरिएको छ, निःशुल्क शिक्षा भने भनि शुल्क लिइएको छ’ उनले भने,‘त्यसलाई नियन्त्रण गर्न पर्ने माग राखेर ज्ञापन बुझाएका थियौ, त्यसबारे केही सुनुवाई नभए आन्दोलन गर्न बाध्य भएका छौ ।’
समाजवादीको अखिल सहित काँग्रेसकाे नेपाल विद्यार्थी, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र विप्लव नेकपाको अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएका छन् । विप्लव बाहेक अन्य तीन विद्यार्थी संगठन सत्ता गठबन्धन दलका हुन् ।
विद्यार्थी संगठनले सोमबार विज्ञप्ति जारी सार्वजनिक आन्दोलन कार्यक्रम घोषणा गरिएको छ । विज्ञप्ति अनुसार मंगलबार प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिने र बिहीबार विरोध प्रदर्शन गरी कोण सभा गर्ने भएका छन् ।
नेपाल विद्यार्थी संघका रमेश चटौत, अखिल क्रान्तिकारीका भुवन विष्ट, अनेरास्ववियुका प्रज्वल कुँबर र अखिल क्रान्तिकारीका अनिल घरेडीले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया