Samriddhipost
२०८१ मङि्सर १० गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०९ गते मङ्गलबार

चार बिद्यार्थी संगठनले दिए प्रशासनमा धर्ना, शैक्षिक अवस्था सुधारकाे माग ।

शैक्षिक बेथिति बिरुद्धमा कञ्चनपुरका विद्यार्थी संगठन आन्दोलित भएका छन । शिक्षासंग जिम्मेबारी निकायबाट शैक्षिक बेथिति रोकथाम गर्न आलटाल गरिएको भन्दै विद्यार्थी संगठनले आन्दोलन शुरु गरेका हुन । 

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा विप्लव निकट क्रान्तिकारी विद्यार्थी संगठनले मंगलबारदेखि कञ्चनपुरमा आन्दोलन शुरु गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले शैक्षिक विसङगति, विकृती बिरुद्धमा बाध्य भएर आन्दोलन गरिएको बताए ।

 ‘यस अघि हामीले शैक्षिक बेथिति रोक्न प्रशासनमा ज्ञापन पत्र बुझाएका थियौँ, ‘उनले भने, ‘प्रशासनबाट कतै पहल भएर त्यही भएर बाध्यताबस आन्दोलित भएका छौँ ।’ विद्यार्थीले दिउँसो एक घण्टा प्रशासनमा शिक्षा क्षेत्रमा देखिएको व्यपारिकरण अन्त्यको माग अघि सारेर प्रर्दशन गरेका छन । 

अनेरास्ववियू कञ्चनपुरका संयोजक प्रज्वल कुँवरले चारै विद्यार्थी संघ संगठनहरुले चालु शैक्षिक क्षेत्रमा सामुदायिक तथा बोडिङ्ग स्कुलले बेथिति मच्चाएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर सहितका निकायमा ज्ञापन पत्र बुझाउँदा समेत समस्या समाधान नभएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनका अनुसार एक दिन थप प्रशासनलाई समय दिएर सो अवधिमा नभए ११ जेठमा जिल्ला सदरमुकाम महेन्द्रनगरमा बिरोध प्रर्दशन सहित कोण सभा गर्ने बताए । यस अघि २ जेठमा संयुक्त विद्यार्थी संगठनहरुद्वारा निजी तथा सामुदायिक विद्यालयहरुले यस शैक्षिक सत्रमा विभिन्न बहानामा आफ्नो मनोमानी ढङगबाट शैक्षिक शुल्क बृद्धि लगायतका विद्यार्थीका प्राप्त हक अधिकार कार्यान्वयन गर्नका निम्ति जिल्ला प्रशासन कार्यालय सहितका निकायलाई ज्ञापन पत्र बुझाएका थिए । नेवि संघका अध्यक्ष रमेश चटौत, अखिल क्रान्तिकारीका जिल्ला संयोजक भुवन सिह विष्ट, अनेरास्ववियूका जिल्ला संयोजक प्रज्वल कुँवर र क्रान्तिकारीका संयोजक अनिल घरडी सहितका विद्यार्थी नेता कार्यकर्ताहरुले सामुदायिक तथा निजी विद्यालयले शुल्क, पाठयपुस्तक, दिवाखाजा सहित विद्यालयमा निर्माण हुने भवनदेखि शैक्षिक समाग्री खरिदमा आर्थिक घोटालादेखि चर्को शुल्क लगाएपछि बाध्य आन्दोलनमा उत्रिएको जनाएका छन । माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्दै विद्यार्थीको हकहितमा काम गर्ने घोषणा गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>