Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० जेठ २५ गते बिहिबार

गर्मि बढेपछि बिहान १० बजेसम्म मात्र विद्यालय संचालन गर्न जिसस कंचनपुरकाे आग्रह ।

कञ्चनपुरमा बिहान १० बजेसम्म मात्रै बिद्यालयहरु संचालन गर्न आग्रह गरिएको छ । हाल बढदै गएको अत्यधिक गर्मीका कारण जिल्लामा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिहान १० बजेसम्म मात्रै संचालन गर्न जिल्ला समन्वय समिती कञ्चनपुरले एक सुचना मार्फत जानकारी दिएको छ ।

अत्यधिक गर्मीका कारण शिक्षक तथा बिधार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठनमा पनि समस्या उत्पन्न हुने भएको हुँदा जेठ २८ गतेदेखी असार १ गतेसम्म सम्पुर्ण बिधालयहरुमा उक्त नियम पालना गरिदिन आग्रह गरिएको हो । साथै अहिले स्वास्थ्य कार्यालयले संचालन गरेको दादुरा रुवेला खोप पनि संचालन भएको हुँदा उक्त अभियानलाई असर नपर्ने गरी बिद्यालय संचालन गर्न आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ ।

तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । महाशाखाले तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिएको छ ।

साथै नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ । तातो हावा तथा लूबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएको छ ।


#गर्मि बढ्याे

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>