Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
धनगढी
२०८० जेठ ३० गते मङ्गलबार

माओवादि केन्द्रले गेटामा बनेकाे संरचनामा के बनाउने भनेर धारणा सार्वजनिक गर्याे ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्ने बताएका छन् ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित भएका बेला पार्टीको धारणा सार्वजनिक गर्न सोमबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन् ।

‘बजेटमा त्रुटि भएको छ,त्यो त्रुटिलाई हामीले सच्याएर अव स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नै तिब्र गतिसाथ अगाडि बढाउँछौँ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको छ’, उनले भने ‘गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ ।’

‘प्रधानमन्त्रीले विश्वविद्यालय सञ्चालका लागि अध्यादेशको प्रकृया अगाडि काम भइरहेको, कहीँ कतै अन्योल जरुरी नभएको तथा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ भनेर वचन दिनुभएको छ’, उनले भने, ‘सिंगो गठबन्धन विश्वविद्यालयकै पक्षमा रहेको छ ।’

आफ्नो पार्टीको नेतृत्वको सरकारले गेटामा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको बताउँदै भट्टले भने, ‘केही पार्टीहरुले त्यो पूरै आफ्नो एजेण्डा हो नीजि हो भन्या जस्तो गरेर विश्वविद्यालय घोषणा गर्ने सरकारलाई नै विरोधी देखाउन खोजेका छन् त्यस्तो होइन् ।’

सरकारले गठबन्धनले नै यो कुरालाई सच्याउँछौ,त्रुटि भएको छ त्यलाई हामी मिलाउँछौँ भनेर बोली सकेपछि अब केही पनि प्रकारका आन्दोलन गर्नुृको अर्थ नरहेको उनले बताए । नेपाल सरकारको २०७९ माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको गरेको थियो ।

नेपाल सरकारको आव २०८०–८१ नीति तथा कार्यक्रममा विश्वविद्यालय सञ्चालन गर्ने भनिए पनि बजेटमा १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भन्दै बजेट विनियोजन गरेपछि विश्वविद्यालय स्थापनाको माग राख्दै सुदूरपश्चिम प्रदेशबासी आन्दोलित भएका छन् ।

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आइतबार सुदूरपश्चिममा आम हड्ताल गरेको थियो । गेटामा ५ अर्वबढी लागतमा भौतिक संरचना निर्माण गरिएका छन् ।


#स्वास्थ्य बिज्ञान विश्वविद्यालय

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>