Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
धनगढि
२०८० असार ०९ गते शनिबार

धनगढिले याे बर्षलाई शैक्षिक सुधार बर्षका रुपमा मनाउने ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले बिहीबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरका नगरप्रमुख गोपाल हमालले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उपमहानगरको सार्वजनिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागू गरिने उल्लेख गरिएको छ । त्यसका लागि नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरेर थप स्रोत जुटाइने मेयर हमालले बताए ।

आगामी आर्थिक वर्षलाई शैक्षिक उपलब्धी सुधार वर्षको रुपमा मनाउने तथा कक्षा १ देखि ८ सम्म स्थानीय हाम्रो धनगढी पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । उपमहानगरले उच्च शिक्षा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीको सहायताका लागि मोबाइल, ट्याब्लेट र ल्यापटप उपलब्ध गराउने भएको छ ।

त्यस्तै रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई प्राथमिकताका आधारमा क्रमशः न्यूनतम सय दिन बराबरको रोजगारी र ५० दिनको सीपमुलक तालिम प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै, नगरलाई शतप्रतिशत संस्थागत सुत्केरी भएको सुनिश्चित गर्ने उपमहानगरको नीति छ । निजी अस्पतालले कुल शय्याको १० प्रतिशत शय्या गरिब, असहाय र बेवारिसे नागरिकलाई छुट्याइ निशुल्क उपचार सेवा दिनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने नगरप्रमुख हमालले बताए ।

त्यस्तै सार्वजनिक नीति तथा कार्यक्रममा स्वास्थ्य सचेतना वृद्धिका लागि सबै माध्यमिक विद्यालयमा महिनामा एक दिन स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य शिक्षा कक्षा सञ्चालनको व्यवस्था गरिने भनिएको छ ।

सहरी सडक निर्माण गर्दा पक्की नाली र फुटपाथ निर्माणलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने भएको छ । नयाँ बसपार्क निर्माण, मुख्य सहरी सडकमा साइकिल लेन निर्माणलगायत योजनाहरु पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । लागत सहभागिता जुट्ने योजनामात्र उपभोक्ता समितिबाट कार्यान्वयन गरिनेछन् ।

उपमहानरमा आयोजना बैंक स्थापना गरिने भएको छ । अतिक्रमण हटाएर सार्वजनिक जमिन, ताल, कुलोहरुको संरक्षण र व्यवस्थापन कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिइने मेयर हमालले बताए ।

इलेक्ट्रोनिक सवारी साधनलाई प्रोत्साहन गर्न नगरका विभिन्न ठाउँमा इलेक्ट्रोनिक सवारी साधन चार्जिङ्ग स्टेशन बनाउने तथा प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी फोहरमैला व्यवस्थापन गरिने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ । उपमहानगरले एउटै प्रकृतिको कामकाज हुने शाखालाई गाभेर एउटा शाखा बनाउने, बेरुजु शून्यमा झार्ने तथा खर्चलाई मितव्ययी बनाइ आन्तरिक स्रोतले चालु खर्च धान्ने नीति अवलम्बन गर्ने भएको छ ।

नगरमा एक वडा एक कृषि प्राविधिकको व्यवस्था गरी एक वडा एक कृषि उत्पादन कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइने र अनुदानमा सञ्चालन हुने पशुपन्छीपालन कार्यक्रममा पशु बीमा अनिवार्य गर्ने नीति अवलम्बन गरिने नगरप्रमुख हमालले बताएका छन् ।

सार्वजनिक नीति तथा कार्यक्रमअनुसार बजेट तयार गरिने उपमहानगरले जनाएको छ । नगरप्रमुख हमालले सार्वजनिक गरेको नीति तथा कार्यक्रम नगरसभाको दशौं अधिवेशनबाट सर्वसम्मतरुपमा पास भएको छ ।


#शैक्षिक बर्षका रुपमा मनाउने

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>