कञ्चनपुरको महेन्द्रनगरमा रहेको सार्क एजुकेशन फाउन्डेसनले बिज्ञान प्रबिधि र व्यवस्थापन ल्याब संचालन गर्ने भएको छ । एसईई दिएर बसेका बिधार्थीहरुलाई लक्षित गरेर कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने बिधार्थीहरुका लागि सार्क एजुकेशन फाउन्डेसनले बिज्ञान प्रबिधि र व्यवस्थापन ल्याब संचालन गर्ने बिद्यालयका प्रमुख लक्ष्मण बस्नेतले जानकारी दिएका छन् ।
जुन हिशावले अहिले बिद्यालय कलेजले थेउरी अर्थात शिद्धान्तमा आधारित रहेर विषय अध्ययन गर्ने र सिमित कक्षाकोठामा केहीसामग्री राखेर पढाउने परिपाटी रहेको अवस्थामा त्यसले नानीबाबुहरुलाई पूर्णरुपमा शिक्षा प्रदान गर्न नसक्ने भएकाले बिधार्थीहरुले पढेका किताबमा रहेको सिद्धान्त मोडल अध्ययन गरेको हुन्छ त्यसलाई आफैले डिजाईन गरी आफनो प्रतिभा देखाउने थलोको रुपमा यो व्यवस्थापन गरिएको उनले बताए ।
साथै बिभिन्न रिसर्च सेन्टरमा गएर उक्त ज्ञानको मोडलहरु के हुन्छ त्यसको डिजाईन गरी आफनै ल्याव तयार गर्न सक्ने क्षमताको विकास गरुन भन्ने जानकारी दिनका लागि पनि यो बिज्ञान प्रबिधि र व्यवस्थापन ल्याब संचालन गर्ने उनले बताए । पछिल्लो समय बिभिन्न बिधालय तथा कलेजहरुले शैक्षिक वातावरणमा अध्यापन गराईन्छ भन्ने गर्दछन, तर त्यो शैक्षिक वातावरण भनेको केहो त ? भन्ने जानकारी पनि नभएको अवस्थामा हामीले त्यो शैक्षिक वातावरणका लागी बिधार्थीहरुलाई उनिहरुको वरपर रहेका बिभिन्न चिजवस्तु देखाएर बनाएर त्यो ज्ञान प्रदान गर्ने हुनुपर्दछ भनेर ने यो बिज्ञान प्रबिधि र व्यवस्थापन ल्याब संचालन गर्न लागेको प्लस २ का कार्यक्रम प्रमुख राजेश भण्डारीले बताए ।
साथै देशैभरका जुनसुकै बिधार्थीहरुले नविनतम सोच बिचार आईडिया ल्याएर आयो भने बिद्यालयले उसको आईडिया यदी प्रभावकारी रह्यो भने, लगानी पनि गर्ने र उसको योजनालाई अगाढी बढाउन सहयोग गर्ने पनि उनले जानकारी दिए । साथै प्रत्येक ६ महिनामा सेमिनार गर्ने र बिद्यार्थीहरुको नयाँ आईडियो बिचार सोचलाई बाहिर ल्याएर उनिहरु आफैले नयाँ उपकरण् ानिर्माण गर्न मद्धत गर्ने उनले बताए ।
गएको महिना फाउण्डेशनल ए आई रोवोटिक्स सम्बन्धी वृहत कार्यक्रम को आयोजना गरेको थियो । आर्टिफिसियल बौद्धिकता र रोर्बट सम्बन्धी ३ दिने कार्यशाला गोष्ठीमा बिभिन्न बिद्यालयका बिधार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यकाशालाबाट बिधार्थीले स्मार्ट डस्टबीन बनाएका छन् ।
जुन फोहोर हाल्दा आफै खुल्ने र जैविक अजैविक पनि छुट्याउने व्यवस्था भएको डस्टबीनको निर्माण गरेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया