Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०७ गते बुधबार

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित
साङ्केतिक तस्बिर

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र निगमलाई पठाएको हो । मङ्गलबार निगमको न्यूरोडस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री पे्रमकुमार आलेले उक्त जानकारी दिएका हुन् ।
“निगमलाई निजीकरण गर्ने प्रक्रिया हामीले रोकेका छौँ,” उनले भने । निजी क्षेत्रका जहाजले दैनिक दुई सय ५० वटासम्म उडान गर्ने तर सरकारी स्वामित्वको जहाजको दुई दर्जन पनि उडान नहुने अवस्था हुनु दुःखद रहेको उनले बताए । “दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन तयारी हुँदा पनि निगमसँग जहाज छैन, अर्काले उडाएको जहाज गनेर बस्नुपर्ने स्थिति छ,” उनले भने । ध्वजावाहक जहाजलाई त्रिपाल हालेर सुकाउने अनि निजी जहाजमात्र उडाउनुपर्ने अवस्था निगमको हितमा नरहेको उनको भनाइ थियो ।
निगमसँग प्रत्यक्ष अप्रत्यक्ष एक हजार दुई सय कर्मचारी रहेको तर त्यसको अनुपातमा जहाज अत्यन्त न्यून रहँदा निगम पछाडि परेको पनि मन्त्री आलेले बताए । मर्मतकै लागि करोडौँ रुपियाँ लाग्ने अवस्थामा बजेटको व्यवस्थापन पनि नरहेको उनको भनाइ थियो । दैनिक डेढ करोडभन्दा बढी घाटा रहेको ५०औँ अर्ब ऋण रहेको अवस्थामा निगमको सुधारका लागि धेरै गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए । कार्यक्रममा मन्त्री आलेले निगमको सुधारका लागि आफूले सहयोग गर्न तयार रहेको बताए । निगमका लागि आवश्यक जहाजको अध्ययन गरेर मन्त्रालयमा पठाए आफूले त्यसका लागि पहल गर्ने उनले जानकारी दिए। त्यस्तै, अलपत्र अवस्थामा रहेको निगमको जग्गाको खोजी गरेर त्यसमा भवन बनाएर भाडामा दिँदा पनि निगमलाई आम्दानीको बाटो खुल्ने उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>