Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० असार २८ गते बिहिबार

अख्तियारले लालझाडिकाे बहुभाषिक बिध्यालयका प्रध्यानाध्यापक सहित ४ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक, अध्यक्ष सहित चार जनाको नाममा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले लालझाडी गाँउपालिका ४डाँगा जाई स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रद्यानाध्यापक सुरेन्द्र बहादुर बोहरा, अध्यक्ष लक्ष्मण राना सहित चार जनाका नाममा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । विद्यालयको हाताभित्र रहेको जमिनको गैर कानुनी रुपमा उत्खन्न गरेर स्थानीय ईटाभट्टालाई माटो बिक्रि गरेको अख्तियारमा उजुरी परेको थियो ।


विद्यालयका प्रअ बोहराकै योजनामा अध्यक्ष रानालाई झुक्याएर लाखौँको माटो बिक्रि गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक बर्ष २०७६÷०७७ र ०७७÷०७८मा माटो उत्ख्नन गरी जमिन समथर र पोखरी निर्माण गर्दा प्रदेश सरकारको आर्थिक ऐन ०७६को दफा ८ बमोजिम अनुसुचि ६ ले तोके बमोजिमको कर बाफतको ७लाख, २९ हजार, ५सय १४रुपैया बराबरको हानी नोक्सानी गरेको पाईएको हुँदा विद्यालयका अध्यक्ष राना, प्रअ बोहरा, स्थानीय न्यू भगवती ईटा उद्योगका व्यवस्थापक राजेन्द्र बहादुर भाट, अर्का ईटा उद्योग सिद्ध बैजनाथ ईटा उद्योगका संचालक धन बहादुर विष्ट बिरुद्धमा छुुट्टाछुट्टै मागदावि सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले निकालेको प्रेस विज्ञप्तीमा चारै जना बिरुद्धमा फरक फरक रकम माग गरिएको छ । अध्यक्ष राना र प्रअ बोहरालाई भ्रष्टाचार निवारण ऐन ०५९को दफा १७ बमोजिम कसुरमा सोही ऐनको तफा १७ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३को उपदफा(१) बमोजिम बिगो र दुवैलाई जनही ७ लाख, २९ हजार, ५सय १४रुपैया जरिवाना माग दावि गरिएको छ । यस्तै न्यू भगवती ईटा उद्योगका व्यवस्थापक राजेन्द्र बहादुर भाटलाई भ्रष्टाचार निवारण ऐन अनुरुप ४लाख, ११ हजार ६सय ६ र सिद्ध बैजानाथ ईटा उद्योगका संचालक धन बहादुर विष्टलाई ३ लाख, १७ हजार, ९सय ८रुपैँया जरिवाना सहित मागदावि गरिएको छ । प्रअ बोहरा र अध्यक्ष रानाको पैशा कमाउने लोभमा ईटा उद्योगीलाई समेत मुछेको कतिपय अभिभावकको भनाई छ । गैर कानुनी रुपमा विद्यालयको माटो, सम्पत्ती बेच्ने कार्यमा संलग्न प्रअ, अध्यक्षलाई बराबरी जरिवाना तोकिएको छ ।


विद्यालयको शैक्षिक सुधारका लागि कार्यरत हेडसर नै यसरी माटोबेच्ने धन्दामा लागेपछि सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धिको साटो खस्किने गरेको शिक्षाविदहरुको भनाई छ । कञ्चनपुरका कतिपय सामुदायिक विद्यालयमा यसरी नै भ्रष्टाचार हुँँदा शैक्षिक स्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।
सरकारी विद्यालयका प्रअ र अध्यक्ष विद्यालय बनाउनु भन्दा कमाउधन्दातिर लागेपछि एकातिर शैक्षिक स्तर अर्कातिर भ्रष्टाचार मौलाउँदै गएको छ । उक्त विद्यालयमा हाल अर्का शिक्षक जादुराम रानालाई प्रअको जिम्मेबारी दिएको लालझाडी गाँउपालिका शिक्षाशाखा प्रमखु सिद्धराज भट्टले बताए । विद्यालयका प्रअ र अध्यक्षलाई भ्रष्टाचारको मुद्दा लागेपछि अभिभावक मात्रै होईन विद्यार्थी समेत चिन्तित भएका छन । गत बैशाखमा कञ्चनपुरका विद्यार्थी संघ संगठनले सामुदायिक विद्यालयमा दिवाखाजा,विद्यालयका जमिन ठेक्का, समाग्री भौतिक समान खरिद भवनमा भ्रष्टाचार भएको विषय उठान गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>