Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० साउन ०२ गते मङ्गलबार

सिटिईभिटिकाे शुल्क वृद्धि फिर्ता गर्न अनेरास्ववियु (क्रान्तिकारी)काे माग ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले एचए, नर्सिङ र फार्मेसीको शुल्क वृद्धि फिर्ता लिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँग माग गरेको छ । 

अध्यक्ष पञ्चा सिंहले आइतबार विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि तत्काल फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन माग गरेकी हुन् । 'अविभावक र विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरुसँगको साँठगाँठमा पीसीएल नर्सिङमा ३१%, सामान्य चिकित्सा (एचए) मा २९% र डिप्लोमा इन फार्मेसीमा २५% का दरले शुल्क वृद्धि गरेको कुरा तत्काल फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गर्न हाम्रो संगठन जोडदार माग गर्दछौं,' विज्ञप्तिमा लेखिएको छ ।

अध्यक्ष सिंहले २४ घण्टाभित्र वृद्धि गरिएको शुल्क फिर्ता नलिए सम्झौताहीन संघर्षका कार्यक्रमहरु सञ्चालन गरिने चेतावनीसमेत दिएकी छन् ।

सीटीईभीटीले मेडिकलतर्फ शनिबार नर्सिङ, एचए (सामान्य चिकित्सा) र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको थियो । नर्सिङको शुल्क डेढ लाखले वृद्धि गरिएको छ भने फार्मेसीको शुल्क साढे ८६ हजार रुपैयाँ बढेको हो । सीटीईभीटीले नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकेको छ । यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो । त्यस्तै एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको छ । यसअघि ४ लाख ४ हजार शुल्क थियो । एचएको शुल्क एक लाख १९ हजारले वृद्धि भएको छ । फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ । यसअघि ३ लाख ३७ हजार शुल्क थियो ।


#शुल्क फिर्ता गर्न माग

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>