Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० साउन १० गते बुधबार

सुदुरपश्चिममा नियम बिरपरित गरिएका नियुक्ति खारेज गर्न अनेरास्ववियुकाे माग

सुदुरपश्चिम विश्वविद्यालयमा नियम बिपरित गरिएका नियुक्तिहरु खारेज गर्न नेकपा (एकिकृत  समाजवादि) निकट विद्यार्थी संगठन अनेरास्ववियुले माग गरेकाे छ ।
बुधबार अनेरास्ववियु कंचनपुर संयाेजक प्रज्वल र ईन्चार्ज रमेश पन्त द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा अनेरास्ववियुले विश्वविद्यालय भित्र हुने हरेक नियुक्तिहरु खुला प्रतिस्पर्धाका माध्यमबाट हुनु पर्ने माग राखेकाे हाे ।

राजनीतिक भागबण्डाबाट विश्वविद्यालय जर्जर भई शैक्षिक गुणस्तर खस्किएको र विद्यार्थी माथि अभिभावकको लागनी र विद्यार्थी जीवन नै कठिन अवस्थामा पुग्ने अवस्था सृजना भएको छ बिज्ञप्तिमा उल्लेख गरेकाे छ ।

अनेरास्ववियुले बिज्ञप्तिमा भनेकाे छ सुदूरपश्चिम विश्वविद्यालयले हामीले गरेको अनुरोधको वेवास्था गरी पछिल्लो पटक राजनीतिक भागवण्डाका आधारमा क्याम्पस प्रमुख र विभाग प्रमुखहरुको नियुक्ति गरेको छ । यसरी गरिएका नियुक्तिहरु विश्वविद्यालयको विद्यमान नियम विपरीत समेत रहेका छन ।

विश्वविद्यालयको नियमानुसार क्याम्पस प्रमुख र विभागीय प्रमुख विश्वविद्यालयको स्थायी सेवामा रहेको हुनु पर्दछ। तर हाल गरिएका नियुक्तिहरुमा कतिपय क्याम्पस प्रमुख र विभागीय प्रमुख स्थायी सेवामा नरहेको भएता पनि राजनीतिक दबाब तथा उपकुलपति र रजिष्ट्रारले राजनीतिक लाभका लागि नियम विपरीत हुने गरी नियुक्त गरेको संगठनको ठहर छ ।

विश्वविद्यालयलाई स्वच्छ शैक्षिक हबका रुपमा निर्माण गर्नुका साटो पदिय जिम्मेवारीमार्फत राजनीतिक लाभ लक्षित गतिविधि एवं नियम विपरीतका गतिविधि अनेरास्ववियूलाई कदापी मान्य हुँदैन । तसर्थ, राजनैतिक लाभ प्रेरित भई गरेका सम्पूर्ण नियुक्तिहरु खारेज गरी खुला प्रतिस्पर्धाबाट पुनः क्याम्पस प्रमुख र विभागप्रमुख लगायत अन्य पदाधिकारी नियुक्त गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ  बिज्ञप्तिमा उल्लेख छ ।

नियम विपरीत भएका नियुक्तिहरु ५ दिन भित्र खारेज गरी खुल्ला प्रतस्पिर्धाबाट क्याम्पस प्रमुख, विभाग प्रमुख र अन्य पदाधिकारी नियुक्तिको प्रक्रियाको थालनी नगरिएमा अनेरास्ववियू जुनसुकै कदम चाल्न बाध्य हुने प्रेस विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>