Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०८० साउन १४ गते आइतबार

सुदुरपश्चिममा कामकाज ठप्प, विद्यार्थिले टासे पदाधिकारि हराएकाे सुचना ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा दुई हप्ता देखि तालाबन्दी यथावत् रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित विश्वविद्यालयको प्रमुख प्रशासकीय भवन केन्द्रीय कार्यालयमा  दुई हप्ता देखि तालाबन्दी हुँदा नियमित काम प्रभावित बनेको छ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा साउन १ गते तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको हो ।

यसरी कामकाज ठप्प हुदा समेत पदाधिकारि सम्पर्कमै नआएकाे बताउदै राप्रबि संघ शुपवि कमिटि ईकाई अध्यक्ष प्रेम रावल र पुर्व अध्यक्ष नरेश कार्कि लगायत विद्यार्थिले उपकुलपति र रजिष्टार हराएकाे सुचना टास्दै विश्वविद्यालय हाताभित्र टायर समेत बालेका छन ।

अध्यक्ष प्रेम रावलले यत्तिकाे गर्दा समेत नभएपछि दाेस्राे चरणकाे आन्दाेलन गर्ने चेतावनि दिएका छन ।

विश्वविद्यालयको भवन सुनसान भएकाे छ भने विश्वविद्यालयका पदाधिकारीलगायत केन्द्रीय कार्यालय, सेवा आयोग र डिन कार्यालयहरुका कर्मचारी कार्यालय प्रवेश गर्न नसक्ने अवस्था आएकाे छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले हालै विश्वविद्यालयमा गरिएका नियुक्ति राजनीति प्रेरित एकलौटी ढंगले भएको र विगतको सम्झौताविपरीत ती नियुक्ति गरिएको दावी गर्दै तालाबन्दी गरिएको बताइएको छ। विगतमा विश्वविद्यालय प्रशासनले क्याम्पस प्रमुख, विभागिय प्रमुखलगायतका पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने सम्झौता गरेको तर अहिले कार्यकारी परिषद्ले ठाडो रुपमा नियुक्ति दिएको  विद्यार्थी संगठनकाे आरोप छ ।

कार्यकारी परिषद्ले हालै १५ क्याम्पसका क्याम्पस प्रमुख, सात विभागका प्रमुख र एक जना अनुसन्धान निर्देशकको नियुक्ति गरेको थियो ।

यता सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित भएको जानकारी दिए। उनले नियमित कामकाज ठप्प रहेको बताउँदै वार्ताकालागि पहल भएपनि अहिलेसम्म ठोस छलफल भएको बताए । विष्टले उपकुलपति र रजिष्ट्रार लगायत विश्वविद्यालय सभाकाे लागि काठमाडौंमा रहेकाले आन्दोलनरत पक्षसँग छलफलमा ठोस प्रगति नभएको बताए ।


#सुपवि राप्रविसंघ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>