विद्यालय शिक्षा ऐन ०८०को मस्यौदा बिरुद्धमा कञ्चनपुरका निजी विद्यालयका संचालक आन्दोलित भएका छन ।
संघीय सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनको मस्यौदा निजी विद्यालय हित विपरित भएको भन्दै आन्दोलित भएका हुन ।
निजी विद्यालयका छाता संगठन एनप्याब्सन, प्याब्सन र हिसान आन्दोलित भएका छन । एनप्याब्सन, प्याब्सन र हिसानले कञ्चनपुरमा संयुक्त रूपमा शिक्षासंग सम्बन्धीत सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएको छ ।
एन प्याब्सन कञ्चनपुरका सचिव बलदेव भट्टले केन्द्रीय कार्यक्रम अनुसार बुधबार कञ्चनपुरका ११ सरकारी निकायलाई ज्ञापन पत्र बुझाएको बताए ।
सचिव भट्टका अनुसार जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई सहितका जिल्लाका ९ वटै स्थानीय तहलाई ज्ञापन पत्र बुझाईको छ ।
प्रस्तावित शिक्षा ऐनमा भएका विभिन्न दफाहरुमा असहमती जनाउँदै एनप्याब्सन, प्याब्सन र हिसान कञ्चनपुरले संशोधन सहितको माग अघि सारेको छ ।
मन्त्रीपरिष्दबाट पारित भई प्रतिनिधी सभामा प्रस्तुत हुने विद्यालय शिक्षा ऐनको तफा ४ मा निजी विद्यालयको स्थापना र संचालन उपदफा (३) को यो ऐन पारम्भ हुँदाको बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सचालनमा रहेका संस्थागत विद्यालय ऐन कार्यान्वयन भएको पाँच बर्षसम्म शैक्षिक गुठीमा रुपान्तरण हुनुपर्ने बुदाप्रति गम्भिर आपत्ती जनाएका छन ।
मुख्य गरेर सोही बुँदा ससदबाट पारित भए आत्मदाहदेखि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका छन । एनप्याब्सन, प्याब्सन र हिसान कञ्चनपुरका पदाधिकारी एव निजी विद्यालयका संचालकहरुले आन्दोलन रहर नभई बाध्यता भएको भन्दै अब जस्तोसुकै आन्दोलन गर्नुपर्ने भएपनि वारपार गर्ने चेतावनी दिएका छन ।
प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले शिक्षा ऐन निजी विद्यालयका संचालकको हित विपरित भएको बताए । ‘बषौँदेखि पैतिक सम्पती लगाएर शिक्षा क्षेत्रमा काम गर्दै आएका हजारौँमाथि अन्याय भयो, ‘उनले भने, ‘ऐन बिरुद्धमा हामी जस्तो सुकै परिस्थित आएपनि आन्दोलन गछौँ ।’
एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झकराज जोशीले निजी क्षेत्रलाई वेवास्ता गरेर ल्याएको ऐन भत्र्सनायोग्य भएको बताए । ‘सरकार स्टे अर्डर जस्तै गरेर ऐन जारी गर्नु संविधानको मुल मर्म विपरित हुन्छ, ‘उनले भने, ‘चार दशकदेखि हामीले शिक्षा क्षेत्रमा पु-याएको योगदानको कदरै भएन ।’
हिसान कञ्चनपुरका अध्यक्ष एव एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष श्यामसिह मौनीले ऐन पूर्वाग्रही, संविधान विपरित भएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए ।
‘विधेयकले निजी लगानीकर्तामाथि अन्याय गरेको छ, ‘उनले भने, ‘यो विधेयकले निजी विद्यालयलाई निसारा बनाएको छ ।’ प्याब्सनका केन्द्रीय सदस्य सत्येश बहादुर चन्दले सरकारले ल्याउन खोजिएको विधेयक दुरगामी भन्दा भड्काउवादी भएको बताए ।
‘यो विधेयक अघि बढाए हामी कार्यान्वयन भन्दा आत्मदाह गछौँ, ‘उनले भने, ‘बिना मोडालिटी सहितको विधेयकले निजी विद्यालय मात्रै नभई शिक्षा क्षेत्रलाई आन्दोलित बनाएको छ ।’
प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले सरोकारवाला पक्षलाई जानकारी नदिई ल्याएको विधेयक पुर्ण बिरोधाभास भएको बताए ।
‘हामीले लगानी गरेको सम्पत्तीको के हुन्छ, ‘उनले भने, ‘यो विधेयक पास हुँद दिदैनौँ, बरु आत्मदाह गछौँ ।’ विधेयक बिरुद्धमा निजी क्षेत्र मात्रै नभई सरकारी शिक्षक सघ संगठन समेत बिरोधमा रहेको बताए ।
उनका अनुसार बाल विकासका शिक्षक, राहत सहितका सबै शिक्षक असन्तुष्ट रहेका बेला सरकारले संशोधन गर्नुपर्ने बताए । केन्द्रीय कार्यक्रम अनुरुप एनप्याब्सन, प्याब्सन र हिसान कञ्चनपुरले बुधबार प्रशासन, शिक्षा विकास समन्वय इकाई केन्द्र सहितका पालिकामा ज्ञापन पत्र बुझाउँदै आन्दोलित भएको छ ।
२५ साउनमा मस्यौदाको माईतीघर मण्डला काठमाण्डौँमा बिरोध गर्ने, २६ साउनमा सरोकारवालासंग बृहद छलफल गर्ने, २७ मा आ–आफ्नो संघ, संगठनमा समिक्षा गर्ने, २८ साउनमा अनिश्चितकालिन विद्यालय बन्द गर्ने र १भदौँदेखि पनि विद्यालय बन्द गरेर सवारी साधन सार्वजनिक पार्किङ्ग गर्ने घोषणा गरिएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया