Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० साउन २८ गते आइतबार

शिक्षा ऐन बिरुद्ध कंचनपुरका शिक्षक कर्मचारिकाे पालिकामा धर्ना

सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन ०८०को मस्यौदा बिरुद्धमा नेपाल शिक्षक महासंघले बिरोध जनाएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीदेखि सबै प्रकृतिका शिक्षकको हित भन्दा पनि बिरुद्धमा रहेको ऐनले शिक्षा क्षेत्र सुधारको साटो झन निरासाले धरासायी बन्ने भन्दै शिक्षक महासंघले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षक महासंघको केन्द्रीय कार्यक्रम अनुरुप सुप प्रदेशभरी सहित कञ्चनपुरका सबै पालिकामा शिक्षक एव विद्यालय कर्मचारीले आन्दोलन गरेका छन । आइतबार जिल्लाका ९वटै पालिकामा आन्दोलन गरिएको हो । 

नेपाल राहत शिक्षक समिति केन्द्रीय बरिष्ठ सह अध्यक्ष नविन धामीले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीदेखि सबै प्रकृतिका शिक्षकको हित विपरित ल्याएको शिक्षा ऐनको मस्यौदा बिरुद्धमा सुप प्रदेशका सबै पालिका एव कञ्चनपुरमा समेत आन्दोलन गरिएको बताए । सबै पालिकामा २ घण्टा धर्ना सहित ज्ञापन पालिका सरकारलाई ज्ञापन पत्र बुझाईएको बताए । 

कञ्चनपुरका शिक्षक नेता समेत रहेका धामीले ५२ बर्ष पुरानो शिक्षा ऐन विस्थावित गरेर ल्याईन लागेको नयाँ शिक्षा ऐन आउँदा आम शिक्षक, कर्मचारी हर्षित हुनुपर्ने साटो बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । ‘यो ऐन कुनैपनि कोणबाट शिक्षक, विद्यालय कर्मचारीको हितमा छैन, बरु उल्टै बिरुद्धमा छ, त्यही भएर परिमार्जित सहित शिक्षकको हितमा ऐन ल्याउन ध्यानाकर्षण गराउन आन्दोलनमा उत्रिएका छौँ ।’ शिक्षकको मानमर्दन हुनेगरी, प्रतिगमन निम्तिने ऐन ल्याएर शिक्षा क्षेत्र धरासायी बनाउने काम गरिरहेको बिरुद्धमा बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । नेपाल शिक्षक संघ बेलौरीका अध्यक्ष सुरेन्द्र बोहराले बेलौरीमा समेत केन्द्रीय कार्यक्त अनुरुप धर्ना तथा ज्ञापन पत्र बुझाईएको बताए । शिक्षक महासंघले शिक्षा ऐन परिमार्जित सहित शिक्षक महासंघले अघि सारेका सुझाव संकलन अनुरुप अघि नबढे विद्यालय बन्ददेखिका हड्तालका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>