Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ ०३ गते आइतबार

राजनीतिक आधारमा गरिएकाे नियुक्ति खारेज नहुदा सम्म तालाबन्दी नखाेल्ने राप्रवि संघकाे अडान ।

विगत ३६ दिनदेखी सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले नखोल्ने जनाएको छ । आईतवार पत्रकार सम्मेलन मार्फत आफना मागहरु सम्बोधन नहुँदा सम्म ताला नखोल्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष प्रेम रावलले बताए ।

पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डाको अन्त्य गर्नुपर्ने आफुहरुको माग रहेको उनले बताए । शैक्षिक थलोलाई राजनैतिक थलोको रुपमा प्रयोग गर्ने, शिक्षक पदाधिकारीहरु सबै राजनितिको खोल ओढेर अध्यापन गराउने र गरिबका छोराछोरीहरुलाई पढाउनको साटोमा बिभिन्न राजनैतिक कार्यक्रममा सरिक हुने परिपाठीको अन्त्य हुनु पर्ने उनले बताए ।

विद्यालयमा ऐन नियम विपरित कार्य गर्ने मनोमानी ढंगले नियुक्ती दिनेर गरिबको छोरा कोही सक्षम छ भने उसले अवसर नपाएर बञ्चित हुनुपर्ने अवस्था रहेका बताए । आफुहरुले बारम्बार ज्ञापन पत्र बुझायौ, प्रेस बिज्ञप्ती निकालेर पनि ध्यानाकर्षण गर्न खोजिएको भएपनि आफनोमागहरुलाई अटेरी गरिएको भएर ताला लगाएको उनले बताए । साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा विद्यार्थीहरुलाई कुनै पनि किसीमले प्रभाव नपरेको अध्ययन अध्यापनमा पनि कुनै प्रभाव नपर्ने गरी तालाबन्दी गरिएको र क्याम्पसको आर्थिक कारोबारमा प्रभाव परेको उनले बताए ।

पदाधिकारी र प्राध्यापकको भागबन्डा अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो”, उनले भने, “दुई चरणमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।” भाद्र १० गतेसम्म आफुहरुले धैर्यता पूर्वक हेर्ने र उक्त समय पश्चात फेरी पनि माग सम्बोधन भएनन वार्तामा आएनन भने फेरी कडा रुपमा अविनतम दवावका कार्यक्रम गरिने अध्यक्ष रावलले बताए ।

यसअघि एमाले निकट अनेरास्ववियुले पनि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा सहमति भएपछि अनेरास्ववियुले ताला खोलेको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजनीतिक भागबन्डा अन्त्यको अडान राख्दै तालाबन्दी गरेको छ ।


#शुपवि तालाबन्दी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>