Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ ०४ गते सोमबार

बिगतमा राखेकाे माग सम्बाेधन गर्न पहल नगरेकाे भन्दै अनेरास्ववियूले चार बुदै माग राख्दै शुपवि केन्द्रीय कार्यालयमा तालाबन्दी ।

सुदूरपश्चिम विश्वविद्यालयकाे कार्यकारी परिषदले राजनीतिक लाभ केन्द्रीत भएर गरेका नियुक्तिहरुको खारेजि लगायत ४ बुदे माग राख्दै विश्वविद्यालय केन्द्रीय कार्यालयमा अनेरास्ववियूले तालाबन्दी गरेकाे छ ।

साेमबार एकीकृत समाजवादि निकट विद्यार्थि संगठन अनेरास्ववियू जिल्ला इन्चार्ज रमेश पन्त द्वारा हस्ताक्षरित बिजप्ति जारि गर्दै केन्द्रिय कार्यालयमा तालाबन्दी गरेकाे हाे ।

संगठनले सावन १० गतेका दिन प्रकाशित प्रेश विज्ञप्ति एवं मागहरुका सम्बन्धमा विश्वविद्यालयका पदाधिकारीहरुवाट हालसम्म कुनै पहल नभएको तथा सावन१७ गते संचालित स्नातकतहको छैठौ सेमेष्टरको माईक्राे साेसलाेजिकल प्राेस्पेक्टिभ विषयको प्रश्नपत्रमा भएको त्रुटी सम्बन्धमा निष्पक्ष छानवीन गरी दोषी उपर कार्वाहीको माग राखी परीक्षा नियन्त्रक र सह परीक्षा नियन्त्रकको कार्य कक्षमा गरिएको तालाबन्दीमा समेत सम्बन्धित पदाधिकारी गम्भीर नभएको भन्दै संगठनले खेद प्रकट गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विश्वविद्यालयका पदाधिकारीहरुले विगत एक महिना देखि केन्द्रीय कार्यालयमा लागेको तालाबन्दी खुलाउन पहल गर्नुको साटो विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई सार्वजनिक संस्थालाई पैत्रिक सम्पत्ती ठानी कार्यालयमा तालाबन्दी रहेको अवस्थामा सम्बन्धन दिने जस्ता निर्णय गर्नु आफैमा निन्दनीय छ । एकातर्फ तालाबन्दीले दैनिक प्रशासन प्रभावित भयो भने हावा पिटाउछन्, अर्कातर्फ विश्वविद्यालयको दीर्घकालीन असर पार्ने खालका अपरादर्शी निर्णय गर्दै विश्वविद्यालयलाई आफ्नो विर्ता ठानी झोलाबाट संचालन गर्ने कुचेष्टा गरिरहेका छन्। यसो हुनु विश्वविद्यालयका पदाधिकारीहरुको अक्षमता, गैरजिम्मेवार पन एवं संवेदनहीनता भएको हाम्रो ठहर छ विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

आफ्ना मातहतका क्याम्पसहरु व्यवस्थित रुपमा संचालन गर्न नसकेको र प्रत्येक वर्ष हचुवाका भरमा आंगिक क्याम्पस थप्दै जाने र विना आधार सम्बन्धन दिने जस्ता निर्णय गर्नु भनेको शैक्षिक दलालीकरण हो र भन्ने हाम्रो संगठनको ठहर रहेको छ। विश्वविद्यालयलाई प्रक्रिया एवं पति भन्दा पनि स्वेच्छाचारी तरिकाबाट आफ्नो मात्र निजी बिर्ता जस्तो गरी व्यक्ति र राजनीतिक प्रेरित लाभलिने केन्द्रीय मानसिकतामा संचालन भइरहेको तथा विश्वविद्यालय पदाधिकारीहरुले आफ्नो कमाई खाने भाँडोका रुपमा मात्र प्रयोग गर्ने गरेको कुरा सम्बन्धन सम्बन्धीको निर्णयले प्रष्ट पारेको उल्लेख छ ।

विद्यार्थीले उठान गरेका मागहरुलाई सम्बोधन गरिनुको साटो विश्वविद्यालयका उच्च पदाधिकारीहरु बाट राजनीतिक दम्भपूर्ण प्रस्तुतिकरण एवं ठाउँ विशेषलाई दोष लगाउँदै आफ्ना गल्ती ढाकछोप गर्ने प्रपञ्चपूर्ण प्रतिक्रियाको घोर भत्सर्ना गर्दछौं । साथै हाम्रा मागहरु प्रति गरिएको वेवास्थाका कारण वाध्य तपसिलका माग राख्दै तालाबन्दी गरेकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
१- विश्वविद्यालयको केन्द्रीय कार्यालयम विश्वविद्यालयको नियम विपरित नियुक्त भएका क्याम्पस प्रमुख र विभागीय प्रमुखहरु खारेज विश्वविद्यालयको ऐन रमापदण्डमा टेकेर पुनः नियुक्ति गरिनुपर्ने ।

२- मिति २०८०-०४-१७ गते संचालित स्नातकतहको छैठौ सेमेष्टरको प्रश्न पत्रमा भएको त्रुटी सम्बन्धमा निष्पक्ष छान बीन गरी दोषी उपर कार्वाही गरिएको सूचना प्रकाशित गरिनु पर्ने ।

३- पछिल्लो पटक समायोजनका नाममा गरिएका नियम विपरीत तथा अवैध नियुक्तिहरु खारेज गरिनु पर्ने ।

४- विश्वविद्यालयका विद्यमान क्याम्पसहरुको व्यवस्थित व्यवस्थापन नहुँदा सम्म सम्बन्धनको प्रक्रिया बन्द गरिनु पर्ने ।

संगठनले उठान गरेका मागहरु प्रति जिम्मेवार बन्न पुनः आग्रह गर्दछौं अन्यथा त्यसबाट सृजना हुने परिणामको जिम्मेवारी विश्वविद्यालयका पदाधिकारीहरुले लिनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>