Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ ०८ गते शुक्रबार

जनज्याेतिकाे जन्मदिनको अवसरमा अनाथालयमा गरे सहयाेग ।

प्रतिष्ठित शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसले स्थापना दिवसको अवसरमा समाज कल्याण बाल अनाथालय महेन्द्रनगरमा आर्थिक सहयोग गरेको छ ।

भीमदत्त नगरपालिका–१८ भाँसीमा रहेको क्याम्पसले शुक्रवार अनाथालयमा भएको कार्यक्रममा बाल अनाथालयलाई नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । क्याम्पसका अध्यक्ष समाजसेवी माधवप्रसाद जोशी लगायत अन्य शिक्षकको उपस्तिथिमा बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई चेक हस्तान्तरण गरिएको अध्यक्ष जाेशीले बताए ।

स्थापना दिवसकै अवसरमा क्याम्पस प्राङ्गणमा वृक्षरोपण समेत गरिएको छ । २०५८ सालमा स्थापना भएको क्याम्पसले हाल जनज्योति एजुकेसन फाउन्डेसनबाट नर्सरीदेखि स्नातकोत्तरसम्मको पढाइ सञ्चालन गरिरहेको छ ।

जनज्योति शैक्षिक संस्थामा करीब २५ सय विद्यार्थी अध्ययन गरिरहेको अध्यक्ष जोशीले बताए । छोटो समयमा नै अग्रणी स्थानमा आउन सफल क्याम्पसमा कानून, वाणिज्य, शिक्षा तथा मानविकी संकाय र विषयका कक्षाहरू सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>