Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० भदौ ०८ गते शुक्रबार

प्रहरी स्कुलकि शिक्षिका मृत्यु प्रकरणमा स्ववियु सभापति पक्राउ ।

धनगढीमा शिक्षिका मृत भेटिएको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडाल मृत भेटिएको घटनामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा बिहीबार बिहान डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

उनकाअनुसार चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृतक र पक्राउ परेका विवाहित कोट्टारी प्रेम सम्बन्धमा थिए। उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>