Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० भदौ १० गते आइतबार

कंचनपुरका विद्यालय साेमबार बाट अनिश्चित कालका लागि बन्द

 कञ्चनपुरका सामुदायिक तथा संस्थागत विधालयहरु अनिश्चित कालका लागी बन्द हुने भएका छन् । छात्रामाथि दुव्र्यवहार गरेको आरोप लागेका भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माविका शिक्षक बिरेन्द्र जोशीमाथि कुटपिटमा संलग्नलाई कार्बाहीको माग अघि सारेर सोमबारदेखि जिल्लामा रहेको सबै बिद्यालयमा अनिश्चितकालका लागी पठनपाठन हुने भएको हो ।

आईतवार पत्रकार सम्मेलन गर्दै नेपाल शिक्षक महासंघ पालिका स्तरिय आन्दोलन परिचालन समितिले सोमवारदेखी जिल्लामा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अनिश्चितकालिन पठनपाठन बन्द हुने जानकारी दिईएको छ । साथै भाद्र ११ गतेदेखी सम्पूर्ण संस्थागत सामुदायिक विद्यालय बन्द गरिने, बिहान ९ बजेदेखी र्याली निकाली जिल्ला प्रशासनमा धर्ना दिने, भाद्र ११ गते बेलुकी ५ बजेसम्म पनि माग सम्बोधन नभएका वैठक बसी थप आन्दोलनका कार्यक्रम तय गरिने जिल्ला स्तरिय आन्दोलन संचालक समिती संयोजक विरेन्द्र सिंह भण्डारीले जानकारी दिएका छन् ।

भीमदत्त नगरले आइतबारदेखि नगरका सामुदायिक तथा निजी विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको भएपनि सोमवारदेखी आफना मागहरु पुरा नभए अनिश्चितकालका लागी पठनपाठन बन्द गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रहरीको हतकडीदेखि प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएको भन्दै घटनामा सलग्नमाथि कार्बाहीका लागी उच्च स्तरिय छानबिन टोलीको गठन हुनुपर्ने, शिक्षकलाई पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बीत गरी कारवाही हुनुपर्ने, शिक्षकको उपचार सम्पूर्ण खर्च सरकारले व्योहोर्नु पर्ने लगायतका माग रहेको संयोजक भण्डारीले जानकारी दिएका छन् ।

शिक्षकमाथि अमानविय रुपमा गरिएको कुटपिटको भत्र्सना गर्दै शिक्षा क्षेत्रमा भएको अमानविय ज्यादती भएको र आरोप प्रत्यारोप, प्रपञ्च रची भएको अमानविय घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने उनले बताए । शिक्षककको गल्ती यदी पूष्टि भएमा कानुन अनुसार कारवाही हुनुपर्ने भएपनि उनी माथी भएको साँघातिक आक्रमण गरिनु, विना पक्राउ पूर्जी हतकडी लगाईयो र सुरक्षा घेरामा रहँदा पनि मरणासन्न हुने गरी कुटपिट हुनु अमानविय कार्य भएको शिक्षकहरुले बताएका छन् ।

सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशी र कक्षा १० मा अध्ययनरत छात्राविच सिँढी चढ्ने र ओर्लिने क्रममा एक आपसमा ठोक्किएको विषय अहिले चरम उत्कर्षमा पुगेको छ । विद्यालय कार्यकक्षमै प्रहरीले हतकडी लगाएर ल्याउने क्रममा प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएपछि कुटपिट गर्ने समुहको मात्रै नभई प्रहरीको समेत आलोचना बिरोध भईरहेको छ ।

विद्यालय, अभिभावक, शिक्षक संघ संगठनहरुले प्रहरी घेराभित्र रहेका शिक्षकमाथि निर्घात कुटपिटदेखि विद्यालयमै गएर हतकडी लगाएर ल्याउने कार्य निन्दनिय भएको धारणा अभिव्यक्त गरिरहेका छन । ३ भदौँदेखि विद्यालयमा नियमित पठन पाठन हुन नसकेको छैन । शिक्षक जोशी परिवारले दिएको किटानीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आशिष टमाटा, करन औजी, दिर्घराज पाण्डे र नरेन्द्र नाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले बताए । घाईते शिक्षक जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>