कञ्चनपुरमा आन्दोलनरत नेपाल शिक्षक महासंघले आज पनि विद्यालय बन्द गर्दै आन्दाेलन गर्ने भएकाे छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा चर्काे घाममा ५ घण्टासम्म धर्ना दिँदा पनि मागप्रति कुनै चासो नदेखाएकाले विद्यालय बन्दको कार्यक्रम यथावत रहेको जनाइएको छ ।
विद्यालय बन्दका कारण विद्यार्थी र अभिभावकमा परेको असुविधाप्रति क्षमायाचना गर्दै आन्दोलन परिचालन समितिले मंगलवार पनि बिहान ११ बजे भृकुटी माध्यमिक विद्यालयमा उपस्थित हुन सबैमा आग्रह गरेको छ ।
निजि संस्थागत विद्यालयहरुले आजबाट पढाइ सुचारु राखेर आन्दाेलनमा समर्थन जनाउने बताएका छन ।
यस्तै शिक्षक कर्मचारिकाे आन्दाेलनमा विभिन्न संघ संस्था संगठनले समर्थन जनाएका छन । आन्दाेलनमा सिएमए संघ, पेशागत महासंघ, एडभाेकेसि फाेरम, एमनेष्टि ईन्टरनेश्नल, उच्च अदालत वार एशाेसिएसन, प्याब्सन, सुदुरपश्चिम विश्वविद्यालय कर्मचारी संघ, नेपाल शिक्षक महासंघ लगायतले बिज्ञप्ति निकालेर समर्थन रहेकाे उल्लेख गरेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया