Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १७ गते आइतबार

परीक्षा नियन्त्रककै संलग्नतामा ताला ताेडियाे, सम्बन्धितलाई कार्वाहि हुनुपर्छ: अनेरास्ववियू

सुदुरपश्चिम विश्वविद्यालयकाे परीक्षा नियन्त्रण कार्यालयमा भाद्र १५ गते ताेडफाेड भएकाे घट्नामा परीक्षा नियन्त्रकै संलग्नतामा तालाबन्दी ताेडिएकाेले नियन्त्रकलाई कार्वाहि हुनुपर्ने माग सार्दै अनेरास्ववियूले आईतबार बिज्ञप्ति जारि गरेकाे छ ।

नेकपा (एकीकृत समाजवादि ) निकट विद्यार्थी संगठन अनेरास्ववियूले गत सावन १७ गते  संचालित परिक्षामा स्नातक तह छठाैं सेमेस्टर परिक्षाको प्रश्न पत्र विपयलाई लिएर संगठनद्वारा सावन१८ गते परिक्षा नियन्त्रण कार्यालयकाे नियन्त्रक र सह नियन्त्रक कक्षमा तालाबन्दी गरेकाे थियाे ।

उक्त तालाबन्दिलाई भाद्र १० गतेका दिन पनिकाकै पदाधिकारीको प्रत्यक्ष संलग्नतामा ताला तोडेको भन्ने जानकारी प्राप्त भए पछि संगठनका नेताहरु पनिका नियन्त्रक संग छलफल गर्न जांदा उल्टै नियन्त्रक देवसिंह नाथले गाली गलौज तथा अपशब्द प्रयोग गर्नुका साथै पहिलेकै ताला तोड्ने समुहलाई ( जत्था ) बोलाएर कार्यालय तोडफोड गर्न लगाई आफैले गलत ढंगले मिडियाबाजी गरेको प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउदै उक्त घटनालाई लिएर अनेरास्ववियूका जिल्ला इन्चार्ज रमेश पन्त र विद्यार्थी नेता तोयाराज जोशी लगायतका विद्यार्थी नेताहरु माथि झुटा मुद्दा लगाउने प्रयास गरेको प्रति खेद प्रकट गर्दै अविलम्ब सो मुद्दा खारेजीको माग समेत गर्दछौं  अन्यथा हाम्रो संगठन कडा आन्दोलनमा जान बाध्य हुने समेत जानकारी गर्दछौ बिज्ञप्तिमा उल्लेख छ ।

यस्तै संगठनले उठाएको परिक्षा नियन्त्रण कार्यालयले गरेको गम्भिर गल्ती गर्नेलाई कार्वाही गरि सार्वजनिक गर्न समेत अनुरोध गर्दछौं । साथै त्रिभुवन विश्व विद्यालय लगायत अन्य विश्व विद्यालयहरुले हुबहु प्रश्न पत्र आएको खण्डमा उक्त परिक्षा रद्द गर्ने गरेकोमा सोही प्रकृतिको सुदूरपश्चिम विश्व विद्यालयमा पनि भएकाले सो घटनाको छानविन गरि सम्बन्धित व्यक्तिलाई कार्वाही गर्न र परिक्षा रद्द गर्न समेत जोडदार माग गर्दछौं अनेरास्ववियू दार्चुला संयाेजक धनन्जय जाेशी धिरज र केन्दिय अध्यक्ष आरति लामाले हस्ताक्षरित बिज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>