Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ १७ गते आइतबार

लेकमले लागू गर्याे हाम्राे लेकम नामक स्थानिय पाठ्यक्रम, दरबन्दी मिलानकाे छलफल जारि ।

लेकम गाउँपालिका: स्थानीय पाठ्यपुस्तक निर्माण गरी लागू गर्ने जिल्लाकै पहिलो पालिका बन्न सफल भएकाे छ ।

जिल्लामै पहिलोपटक लेकम गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक निर्माण गरी आज (आईतबार) एक कार्यक्रमका बीच पुस्तक विमोचन गरेको छ। कक्षा १ देखि ८ सम्मका “हाम्रो लेकम” शिर्षक रहेका पुस्तकहरु एकैसाथ विमोचन गरिएका हुन्।

पालिका स्थित विद्यालयहरुका सम्पूर्ण प्रध्यानाध्यापकहरु उपस्थिति रहेको कार्यक्रम बीच पाठ्यपुस्तक विमोचन गरिएको हाे ।

विद्यालय समायोजन एवम् दरबन्दी मिलानका लागि घनिभूत छलफल भएको शिक्षा शाखा प्रमुख केशव राज ओझाले जानकारी दिएका छन्।

पाठ्यक्रम प्रारूप २०७६ का अनुसार स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक स्थानीय तहहरुले नै निर्माण गरि लागू गर्ने व्यवस्था अनुरुप लेकम गाउँपालिका ले पहिलो पटक १ देखि ८ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी लागू गरेको छ। पुस्तकको नाम “हाम्रो लेकम” पूर्णाङ्क १०० आजदेखि लागू भएको प्रमुख ओझाले बताएका छन्।

कार्यक्रम पालिका अध्यक्ष राम दत्त जोशी को अध्यक्षता मा बसी विद्यालय समायोजन एवम् दरबन्दी मिलान सम्बन्धी पनि छलफल भएको लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख ले जानकारी दिएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>