Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
काठमाडौं
२०८० असोज ०१ गते सोमबार

सरकारले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
शिक्षा सचिव सुरेश अधिकारीले विद्यालय बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरिएको बताए ।  विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा संशोधनमा जान सकिने बाटो खुला नै छ । मन्त्रालयको हातमा नरहेको विषयमा महासंघले लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध गर्ने गरी आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ ।
असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रीत आन्दोलनमा आउन महासंघले मातहतका निकायलाई परिपत्र गरेको छ । सोही आधारमा शिक्षक कर्मचारीहरू काठमाडौँ आउने तयारीमा छन् । यहि अवस्थामा मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरेको हो । 
आन्दोलनमा नजानुहोस् भनेर भनेका छौं । पटक पटक आग्रह गरेर वार्ता र सम्बादको माध्यमबाट अघि बढौं भनेका छौं । लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध हुने कार्य नगर्न आग्रह गरेका छौं । यसमा उहाँहरूले छलफल गरेर आउँछौं भन्नुभएको छ । तर, आउनुभएको छैन ।’ सचिव अधिकारीले भने । 
शिक्षा विधेयकमा सरकारले विगतमा आफुहरूसँग गरेको सम्झौता र सहमति नसमेटेको आरोप शिक्षक कर्मचारीहरूको छ । उनीहरूले विधेयकमा संशोधन गरिनुपर्ने १८ बुँदे माग अघि सार्दै आएका छन् । ति मागहरू सम्बोधन गरेर विधेयकमा संशोधन नगरिएको खण्डमा आन्दोलन नरोकिने महासंघको भनाई छ । आन्दोलन आफ्नो रहर नभई बाध्यता भएको भन्दै महासंघकी सह–अध्यक्ष नानुमाया पराजुलीले माग पुरा नहुँदासम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने बताइन् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>