Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज ०५ गते शुक्रबार

राैलेश्वरकाे प्रशासनिक भवनमा ब्यापारिक संस्थाकाे साईनबाेर्ड,  स्ववियु खाेज्दै प्रकृया

बेलडाँडी गाउँपालिकाको एक मात्र ठुलो शैक्षिक संस्था रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्रशासनिक भवनमा कसले दियो इन्च्युट खोल्ने अनुमति भन्दै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले खोजि गर्न थालेका छ ।
एक महिना यता देखि प्रशासनिक भवनमा रातदिन भिड देखिन थाले पछि क्याम्पसका विद्यार्थीहरुले खोजिनिति गर्न थालेको स्ववियु सभापति दिलेन्द्र प्रसाद बडुले जानकारी गराउनु भयो । उहाँका अनुसार केहि दिन यता देखि क्याम्पसको प्रशासनिक भवनमा हल्लाकुल्ला हुन थालेपछि खोजिनिति गर्न थालेको बताए ।

उनका अनुसार यो विषय र क्याम्पसका अन्य समस्याका बारेमा क्याम्पस प्रमुखलाई जवाफ माग्दा नदिएपछि संगठनले लिखित रुपमै ज्ञापन पत्र बुझाएको जनाए । क्याम्पस प्रमुखले मनोगत तरिकाले क्याम्पसलाई चलाउन खोजेको आरोप लगाउदै निर्वाचित बिद्यार्थीको टिमलाई कुनै वास्ता नगरेकाले विद्यार्थीहरुले हरेक विषयमा खोजनिति गर्न थालेको सभापति बडुले बताउनु भयो ।

विद्यार्थीहरुले ज्ञापन पत्रमा यस्तो कुरा उल्लेख गरेका छन् । क्याम्पस संचालक समिति चयन गर्ने भनिएको पाँच महिना वित्दा समेत क्याम्पसले कुनै चासो नदेखाएको, क्याम्पसको प्रशासनिक भवन भाडामा दिएको खण्डमा उक्त भवन भाडामा दिनुको कारण खुलाई जवाफ दिन माग गरेको जनाइएको छ ।

साथै यस अघिपनि युनियनले माग गरेका एक बुदापनि सम्वोधन नभएको जनाउदै यथासिघ्र समस्या समाधान गर्न क्याम्पसलाई अनुरोध गरेको थियो ।

निवार्चित विद्यार्थीको छाता संगठन स्वतन्त्र विद्यार्थी युनियनले अफिस राख्नको लागि क्याम्पसलाई कोठा पटक पटक माग गर्दा आफुहरुलाई नदिएर आफन्तलाई इन्च्युट खोल्नका लागि पुरै भवन जिम्मा लगाएको प्रति संगठनले आपत्ति जनाएको छ । प्रक्रिया नपुगेको भए यथासिघ्र ब्यक्तिगत मुनाफा मुखी इन्च्युट हराउन अनुरोध गरेका छन् । उक्त भवनमा अहिले बेलडाँडी इन्च्युट अफ टेक्नोलोजि भन्ने इन्च्युट खुलेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>