Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १६ गते मङ्गलबार

दुर्गन्धले पढन पढाउन मुस्किल, भाेलिबाटै काम सुरु हुन्छ वडा अध्यक्ष  ।

दार्चुला जिल्लाकाे मार्मा गाउँपालिका वडा ६ काे एक विद्यालयमा दुर्गन्धले पढन पढाउन मुस्किल भएकाे छ ।

मार्माकाे वडा ६ स्थित सिद्धनाथ आधारभुत विद्यालयमा यस्ताे समस्या भएकाे हाे । सावन १८ गते आएकाे बाढीले विद्यालयकाे फिल्ड, बालमैत्री धारा, पानी टंकि, शाैचालयकाे सेफ्टि ट्याङकिमा समस्या पुर्याएकाे थियाे ।
फेरी दोस्रो पटक भदौ को अन्तिम शाता परेको भिषण वर्षाका कारण थप क्षति पुर्यायो । क्षति भईसके पछि प्रहरी मुचुल्का बनाई राहत को लागि वडा कार्यालय, गाउँपालिकामा रहेको विपत व्यवस्थापन शाखामा र शिक्षा शाखा मा समेत वारम्वार जानकारी गराउँदा अहिले सम्म सुनुवाई नभएको विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसिह डडालले बताउनु भयो ।

शौचालयको सेप्टी टङ्कीमा क्षति पुग्दा विद्यालयमा बसि नसक्नु अवस्था सृजना भएको र दुर्गन्धका कारण विद्यालय वरपर रहेका बस्तिहरुमा समेत असहज भएको छ । दुर्गन्धका कारण विद्यार्थीहरू विद्यालय आउन छोडेको झिङ्गाहरुले ओहोर दोहोरले गर्दा मानवीय स्वास्थ्यमा ठुलो असर पुग्न सक्ने विद्यालयका प्रध्यानाध्याक करविर सिह कोट्टारीले बताउनु भयो ।

विद्यालयमा शिक्षक विद्यार्थीहरूलाई शौच गर्न निक्कै कठाई भएको र विद्यालयले भोग्दै आईरहेको समस्यालाई सम्बन्धित निकायमा हारगुहार गर्दा पनि कसैले नसुने झै गरेको विद्यालयको गुनासो रहेको शिक्षक दर्पान सिह कोट्टारी बताउनुभयाे ।

यसपाली मनसुन सकिए पनि मनसुनले पुर्याएको क्षति मर्मत निर्माण नहुदा अझै समस्या कायम नै छ । यसै बिषयमा वडा अध्यक्ष सन्ताेष काेट्टारि संग कुरा गरेका छउ ।
वडा अध्यक्ष काेटारिलाई अहिले सम्म पढ्ने पढाउने वातावरण किन बनेन भन्दा वहाले सिप्टि सित्ताेला तपाेवन सडक ट्रयाक निर्माण गर्ने क्रममा त्यहाबाट बरेखामा बगेकाे ढुङ्गामाटाेले समस्या ल्याएकाे हाे । याे समस्या हटाउन बर्खाले सम्भव थिएन । मर्मत र निर्माणका लागि एनजिओ संग पनि कसरा भएकाे छ । पालिका र पालिका शिक्षा शाखासंग समेत पत्राचार भएकाे छ । वडासंग छुट्टै बजेट छैन त्यसैले पालिकाकाे आशामा बसेका हउ तर कार्यालयगत काम जसरि बढेपनि भाेलिबाटै सेफ्टि ट्याङ्कि मर्मत गरेर पढ्ने पढाउने कामकाे वातावरण सुधार गर्ने गरि काम गर्ने वडा अध्यक्ष काेट्टारिले समृद्धि पाेष्टलाई बताएका छन ।


#मार्मा ६ मा बाढिले समस्या

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>