Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
आदित्य जाेशी आदित्य जाेशी
२०८० कार्तिक १० गते शुक्रबार

नेवि संघ कञ्चनपुरमा चर्कियो विवाद , नरेश पण्डितलाई जिल्ला सभापति घोषणा


नेपाल विद्यार्थी संघ कञ्चनपुरमा विवाद चर्किएको छ । नेवि संघका जिल्ला अध्यक्ष रमेश चटौतले जिल्ला समिति विस्तार गरेपछि बढेको विवाद समानान्तर कमिटीसम्म पुगेको हाे ।

कञ्चनपुरबाट नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सात केन्द्रीय सदस्य सहित जिल्ला नेताको भेलाबाट शुक्रबार जिल्ला अध्यक्षमा नरेश पण्डितलाई चयन गरिएको छ ।

नेवि संघका केन्द्रीय सदस्य खेमराज जोशीले संघका क्रियाशिल नेता कार्यकर्तालाई बाहिर राखेर संगठन विस्तार गरिएको र त्यसलाई सच्याउन गरिएका आग्रह वेवास्ता भएकाले विद्यार्थी हितका लागि भेला गरी जिम्मेवारी दिइएको बताए ।

केन्द्रीय सदस्य जोशी सहित दिनेश शर्मा, इन्द्र साउँद, अमितजङ्ग कार्की, लोचन सिह कार्की, सञ्जय अधिकारी, शेषशैया कुमार विष्ट र मनोज भट्टले एक साता अघि संयुक्त विज्ञसप्त जारी विधान विपरितका गतिविधि गरिएको आरोप लगाएका हुन् ।संयुक्त विज्ञप्तिमा काँग्रेस कञ्चनपुरलाई केन्द्रीय सदस्यले अध्यक्ष चटौत नेतृत्वको संघका गतिविधिमा संलग्न नभएर निष्पक्ष र अभिभाकीय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

शुक्रबार फेरि उनीहरुले संयुक्त विज्ञप्ति जारी पण्डितलाई अध्यक्ष चयन गरिएको सार्वजनिक गरेका छन् ।नेवि संघ केन्द्रीय समितिले चटौतलाई ८ महिना अघि अध्यक्षको जिम्मेवारी दिएका थिए । जिल्ला अध्यक्ष चटौतले आफूहरुसित सल्लाह नगरी जिल्ला समिति विस्तार गरेको भन्दै केन्द्रीय सदस्यहरु असन्तुष्ट भएको काँग्रेस नेताहरु बताउँछन् ।जिल्ल्ला अध्यक्ष चटौतले भने काँग्रेस कञ्चनपुर र संघका सबै नेतासित सल्लाह गरी समिति विस्तार गरेको दावी गरेका छन् ।
‘जिल्ला समिति बनाउन सबैसित सल्लाह भएको हो, अहिले आएर विरोध गर्नुको कुनै तुक छैन’ चटौतले भनेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>