चिकित्सकको सल्लाह र कुनै पनि कीटाणुको परीक्षण गरेपछि मात्र बिरामीलाई एन्टिबायोटिक औषधि दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ । तर नेपालमा यसको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको एक अध्ययनले देखाएको छ । बढ्दो एन्टिबायोटिक प्रतिरोधी समस्या देखिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ उपत्यकामा एन्टिबायोटिक प्रयोगको बारेमा अनुसन्धान गरेको थियो ।
अनुसन्धानको प्रारम्भिक रिपोर्टअनुसार बिरामीले आफूखुसी एन्टिबायोटिक खरिद गर्ने गरेको, फार्मेसीले चिकित्सकको पुर्जीबिना नै बिक्री गरेको पाइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालले भने, 'बिरामीले आफ्नै ढङ्गले औषधि पसलबाट समेत यसको बिक्री गरेको पाइयो ।' गत वर्ष गरेको यो अनुसन्धानको पूर्ण प्रतिवेदन भने छिट्टै सार्वजनिक हुने बताइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया