Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०७ गते बिहिबार

बैङ्क ह्याक गर्ने समूह कैलाली प्रहरिकाे फन्दामा

कैलालीस्थित धनगढीबाट बैँकका खाता ‘ह्याक’ गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीबाट खटिएको टोलीले नौ जनालाई पक्राउ गरेको हो।

नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालयनै स्थापना गरेर बैँकका खाताहरू ह्याक गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई बुधवार प्रदेश अपराध अनुसन्धानको टोलीले पक्राउ गरेको हो। लामो अनुसन्धानपछि बुधवार जिल्ला प्रहरी कार्यालय, कैलालीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको प्रहरीले बताएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले उनीहरु सबैको परिचय खुल्न बाँकी रहेको बताए। जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुचुल्का उठाउने काम जारी हरेको डिआइजी बोहराले बताए। उनीहरूको कार्यालयबाट १० वटा ल्यापटपसमेत बरामद गरिएको छ।

उनीहरू भारतको दिल्लीमा समेत पक्राउ परेर छुटेको बुझिएको छ। अनुसन्धानमा रहेका प्रहरीका अनुसार नेपालबाट बैँक खाता ह्याक गरी उनीहरूले रकम विदेशसम्म पठाउने गरेका थिए। उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>