सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली कञ्चनपुरमा छाडा चौपाया यत्रतत्र छन्। गाउँघर खेत मात्र होइन देशकै ठूलो राजमार्ग महेन्द्र राजमार्गमा समेत बथानका बथान पशु चौपाया छन्। ती पशु चौपाया यही समाजका मानिसहरूले अलपत्र छोडेका हुन्। घरबाट धपाएका हुन् ।
यो अवस्था ल्याउन समेत सरकार जिम्मेवार छ। प्रत्येक पालिका सरकारले यी छाडा पशु चौपाया नियन्त्रणका लागि यो १० वर्षमा नागरिकले तिरेको कर खर्च गरेका छन् । यो बाहेक प्रदेश सरकारको समेत त्यसमा ठूलो लगानी छ।
यी दुवै सरकारले खर्च गरेको करोडौँ रुपैयाँ बालुवामा पानी भएको देखिन्छ ? यी सरकारहरूले खर्चको लागि खर्च गरेका हुन् वा यो वास्तविक समस्या समाधानका निमित्त लागेका हुन् भन्ने प्रश्न खडा भएको छ ?
छाडा चौपायाहरू यी राजमार्ग किनारमा घाइते छन् अपाङ्ग भएका छन्। भोक र तिर्खाले जीवन र मृत्युको बीचमा उभिएका छन्। तर यिनको पीडा सुनिदिने कोही छैन।
चोटपटक लागेर घाइते भएका रोगव्याधीले बिरामीले ग्रस्त भएका पशु चौपाया बारे जानकारी लगेर स्थानीयहरू वडा कार्यालय नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय पुग्दा समेत एक्लै अर्को निकायलाई देखाउने र अर्कोले अर्कोलाई देखाउने बाहेक समस्या समाधानका निमित्त काम नगरेको स्थानीयहरूले आरोप लगाउँदै आएका छन्।
यी पशु चौपाया आफैमा पीडित त छन् नै, छाडा भएका कारणले किसानहरूको खेतीबाली समेत समस्यामा छ। यस्तो अवस्थाबाट यी छाडा पशु चौपाया हेर्ने जिम्मेवारी कसको हो भन्ने प्रश्न खडा भएको छ ?
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया