Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर १० गते आइतबार

चार हजार बढि शिक्षक बिज्ञापन खुल्दै, यस्ताे छ बिषयगत बिवरण

आगामी चैत मसान्तसम्ममा देशभरबाट ४ हजार भन्दा बढी स्थायी शिक्षकको पद रिक्त हुने भएको छ । २०८० को वैशाखदेखि २०८० को चैतसम्म प्रावि, निमावि र मावि तहका ४ हजार ३२५ शिक्षकको पद रिक्त हुन लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रिक्त पदको विवरण यकिन गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार प्रावि तह तर्फ ३ हजार १७९ शिक्षक पद रिक्त हुनेछ । त्यस्तै निमावि तहमा ७४४ र मावि तहमा ४०२ पद रिक्त हुनेछ । निमावि तर्फ नेपाली विषयका ११३ जना शिक्षकको पद रिक्त हुनेछ । त्यस्तै अङ्ग्रेजीका १६४, गणितका १३६, गणित विज्ञानका ४०, विज्ञान १६९, सामाजिक अध्ययन ११९, ऐच्छिक प्रथमका १ गरी ७४४ शिक्षकको पद रिक्त हुन लागेको हो ।

केन्द्रले सार्वजनिक गरेको विवरणमा संशोधन गर्नुपर्ने भएकोमा कारणसहित सूचना प्रकाशित भएको सात दिनभित्रमा पेस गर्न भनेको छ । संशोधनको लागि कुनै विवरण नआएको खण्डमा अहिले सार्वजनिक गरेको विवरण नै शिक्षक सेवा आयोगलाई पठाइने जनाएको छ । उक्त विवरण पछि संशोधन हुन नसक्ने केन्द्रका निर्देशक प्रेम भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शिक्षक सेवा आयोगले विज्ञापनका लागि विवरण सङ्कलन गरेको थियो । उक्त विवरणमा केही संशोधन गर्नुपर्ने भएमा त्यसका लागि समय दिएर केन्द्रमा पठाएको हो । शिक्षक सेवा आयोगले सोही आधारमा शिक्षक पदपूर्तिका लागि पुस महिना भित्र विज्ञापन आह्वान गर्ने तयारि गरेकाे छ। 


#शिक्षक

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>