Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० मङि्सर १३ गते बुधबार

यस्ताे छ एमालेकाे झुलाघाट टु चुवाभञ्याङ संङ्कल्प यात्रा
फायल तस्बिर

नेकपा (एमाले) भाेली बाट झुलाघाट चुवाभञ्याङ मध्यपहाडी राजमार्ग क्षेत्रमा यात्रा  सुरु गर्ने भएकाे छ । यस्का लागि एमाले अध्यक्ष केपि ओली सुदुरपश्चिमकाे धनगढी आईपसगेका छन ।

 ६ मङ्सिरको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना पारित गरेको थियो । सङ्कल्प यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष/प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटी सदस्य र तोकिएका व्यक्ति टोलीमा रहनेछन् ।

जसअन्तर्गत अभियानको पहिलो दिन झुलाघाट हिँडेको टोली अमरगढी पुगेर बास बस्नेछ । सोही दिन त्रिपुरासुन्दरी, खोड्पे, र अनारखोलीमा भेटघाट गर्दै एमालेको टोलीले गोठालापानीमा आरम्भ सभा गरेर तुफान डाँडामा थप कार्यक्रम राखेको छ । दोस्रो दिन अमरगढीबाट हिँडेको टोली सिलगढीमा बास बस्दै सकाली, गोपघाट, राजपुर चोक दिपालमा भेटघाट गरेर सिलगढीमै कोणसभा गर्नेछ ।

तेस्रो दिन अछामको साँफेबगर हुँदै चौखुट्टे, मार्कु बयलपाटामा भृटघाट गरेर मंगलसेनमा सभा गर्नेछ । चौथो दिन दैलेख पुग्ने एमाले टोलीले गौरी टाँड, शीरस्थान, दैलेख बजार हुँदै राकममा सभा गर्नेछ । पाँचौँ दिन एमालेको टोली सुर्खेतका लागि प्रस्थान गर्नेछ

सोही दिन सुर्खेतमा सभा र भेटघाटपछि रुकुमकोटको रातमाटे, भेरीबबई डाइभर्सन सल्लीबजार र सेरी गाउँमा भेटघाट गरेर रिम्नामा पुनर्निर्माणसम्बन्धी छलफल गर्नेछ ।

सातौँ दिन वामी टक्सारमा सभा गरेर आठौँ दिन बाग्लुङ हुँदै कुश्मामा पुगेर सभा गर्ने कार्यक्रम तय गरेको एमालेले नवौँ दिन पोखराका लागि प्रस्थान गर्नेछ । सो दिन पोखरामा बास बस्ने बास बस्न गोरखा आउने छ । गोरखामा भोर्लेटार, धमिलीकुवा, पालुङटारमा भेटघाट गरेर सुन्दर बजारमा सभाको आयोजना गर्नेछ ।

दशौँ दिन आरुघाटमा भेटघाट हुँदै नुवाकोटको विदुर पुग्ने र सोही स्थानमा भेटघाट राखेको छ । विदुरमा सभा गरेर ११ औँ दिन मङ्सिर २४ गते चिसापानी धुलिखेल हुँदै काभ्रेको मण्डन र कुन्तावेसीमा सभा गर्नेछ । १२ औँ दिन धुलिखेलबाट दोलखाको दोलालघाट, खाँडीचौर, हुँदै चरिकोट पुगेर कोणसभा गर्नेछ ।

त्यसपछि रामेछापको मन्थली, उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा सभा गर्नेछ । चौधौँ दिन दिक्तेल, भोजपुरलगायतका जिल्लामा भेटघाट गर्ने टोलीले मङ्सिर २८ मा भोजपुरबाट पाँचथर र तेह्रथुमतर्फ लाग्ने छ । त्यसपछि पाख्रिवास हुँदै वसन्तपुर पुगेर सभा गर्ने टोलीले संक्रान्तिबजार, म्याङ्लुङ हुँदै १७ औँ दिनका दिन पाँचथरको फिदिममा सभा गर्नेछ । १८ औँ दिन पुस १ गते फिदिमबाट सम्भावित भेटघाट च्याङथापुमा गर्ने र त्यहाँबाट काठमाडौँका लागि प्रस्थान गर्नेछ । पुस ५ गते काठमाडौँमा औपचारिक रूपमा यात्राको समापनको सूचना सम्प्रेषण गर्ने एमालेको तयारी छ ।

एमाले नेताहरूका अनुसार अभियानका क्रममा नेताहरूका सवारीसाधनका अतिरिक्त चारवटा विशेष टिम संलग्न हुनेछ । जसमा एम्बुलेन्ससहितको मेडिकल टिम, सवारीसाधन मर्मत सम्भार गर्ने मेकानिकल टिम, केन्द्रीय प्रचार टिमका साथै न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चारवटा गाडी सहभागी हुनेछन् । अभियानमा सहभागी सबै केन्द्रीय नेताहरूले सवारीसाधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्नेछ । त्यस्तै, सहभागी सबैले नियमित सेवन गर्ने औषधि, न्यानो कपडा, स्लिपिङ ब्याग, ड्राई फुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिँड्नुपर्नेछ ।

‘झुलाघाटबाट चिवाभञ्ज्याङसम्म पुग्ने अध्यक्ष केपी शर्मा ओलीसहितको केन्द्रीय टोली सय जना हाराहारी हुनेछ’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘ स्थायी कमिटीका सदस्यहरु जसको भुगोलमा कार्यक्षेत्र छैन उनीहरूसहितको केन्द्रीय टिम हुन्छ ।’ उनीहरूका लागि सम्बन्धित पार्टी कमिटीले कार्यक्रम हुने जिल्लाले व्यवस्थापन गर्नेछ । बाँकी सहभागी सबैलाई आआफ्नो प्रदेशमा तोकिएका नाकामा अभियान सफल पार्नका लागि जुट्न एमालेले निर्देशन दिएको छ ।


१. बैतडी– गोठालापानी

२.दिपायल –अमरगढी

३.अछाम –मंगलसेन

४. दैलेख– राकम

५.सुर्खेत –सुर्खेत बजार

६.रुकुमकोट –वामी टक्सार

७. पर्वत –कुश्मा

८.गोरखा –सुन्दरबजार

९.नुवाकोट –विदुर

१०.काभ्रेपलाञ्चोक –मण्डन

११.दोलखा –चरिकोट

१२.ओखलढुंगा –हर्कपुर

१३.भोजपुर –वसन्तपुर

१४.पाँचथर– फिदिम


#एमाले संङ्कल्प यात्रा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>