Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ३० गते शनिबार

धनगढिकाे धर्मशालामा डाक्टर केसिकाे सत्याग्रह सुरु ।

डाक्टर गोविन्द केसीले सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्।

धनगढीको एलएनचौकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर तीन दिने सत्याग्रह सुरु गरेका हुन्। गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले प्रतिष्ठानको विषय मागमा नराख्न आग्रह गरेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन्। सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि तीन दिने सत्याग्रह सुरु गरेका हुन्।


सत्याग्रह सुरु गर्न शुक्रबार नै श्री एयरलाइन्सको जहाजबाट डाक्टर केसी धनगढी आएका थिए। स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैको लागि गुणस्तरीय, निःशुल्क÷सस्तो सुलभ स्वास्थ्य  सेवा तथा शिक्षामा समान पहुँचका तथा सुशासनका लागि सरकारले बिगतमा पटक पटक आफूसँग गरेको कार्यान्वयन नगरेकोले सत्याग्रह गर्न थालेको डाक्टर. केसीले बताएका छन्। बारम्बार धोका दिई रहेको उनको भनाई छ।

राज्यका हरेक अंगमा दलीय करण भएको, नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरूलाई डुबाएर नेताहरु आफैँ  व्यवसाय गर्नमा लिप्त भएको र नयाँ सरकारी संस्थाहरू खोल्न नदिइरहेको केसीको भनाई छ। धेरैको रोग लागे घरखेत नबेची उपचार नहुने अवस्था छ  भने केटाकेटीको औसत शिक्षाका लागि बाबुआमाको आयले नपुग्ने अवस्था रहेको उनले भनेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>