Samriddhipost
२०८१ मङि्सर १८ गते मङ्गलबार
ट्रेन्डिङ
२०७८ पुष १५ गते बिहिबार

सर्वाेच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वाेच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ । उक्त छलफलमा कारबाही गर्नुको कारणसहित लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।
बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा पुस २ मा बसेको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेको थियो । सीईओ रेग्मीले लन्डनबाट काठमाडौं फर्कने क्रममा रक्सी खाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीमाथि हातपात गरेका थिए । कर्मचारीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि उनी विवादित बन्दै आए । सीईओ रेग्मीले डेढ महीनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफूले ल्याएको रक्सी रोकेको निहुँमा भन्सारका कर्मचारीसँग झगडा गरेकोबारे उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो । बोर्ड उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित छानविन समितिले रेग्मी दोषी रहेको ठहर गर्दै निलम्बनका लागि बोर्डलाई सिफारिश गरेको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>