माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालले २८ औं 'जनयुद्ध' दिवसका अवसरमा ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिता गर्ने भएको छ ।
वाइसीएलको उपभोक्ता हकमित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा वक्तृत्वकला प्रतियोजिता आयोजना गरेको विभाग प्रमुख हरि ढकालले बताए । उनले भिडियो आगामी माघ १० गतेभित्र पठाइसक्नु पर्ने बताए । ती भिडियोलाई वाइसीएलले फेसबुक पेजमा राख्ने र माघ २८ गते दिउँसो १२ बजेसम्म आएका लाईक, कमेन्ट सेयर र भ्युजको आधारमा विजेता, उपविजेताहरुको टुंगो लगाइने ढकालले जानकारी दिए ।
वक्तृत्वकला डिजिटल प्लेटफर्मबाटै हुने भएकाले सहभागीले बढीमा ४ मिनेटको भिडियोमा जनयुद्धका उपलब्धिबारे बोलेर पठाउनुपर्नेछ ।
यस्तै सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धिकेन्द्रित बोल्नुपर्ने वाइसीएलले जनाएको छ ।
प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका युवाले भाग लिन पाइने छ । प्रथम हुनेलाई ३० हजार नगद र प्रमाणपत्र र दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २० र १० हजार नगदसहित प्रमाणपत्र दिइने प्रमुख ढकालले बताए । उनका अनुसार फागुन १ गते 'जनयुद्ध' दिवसको अवसरमा विजेतालाई पुरस्कार र प्रमाणपत्र दिइने छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया