Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २९ गते आइतबार

शुपविमा क्रान्तिकारीकाे तीन दिने अल्टिमेटम, दाेहराे प्राध्यापन र  मापदण्ड नपुगेका कलेजकाे सम्बन्धन राेक्न माग

अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयमा तीन दिने अल्टिमेटम सहित ज्ञापन पत्र बु्झाएको छ । आइतबार नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी संगठनले विश्वविद्यालय केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

अखिल क्रान्तिकारीले आर्थिक चलखेल गरेर मापदण्ड नपुगेका केही निजी कलेजलाई सम्बन्धन दिनेदेखिका विश्वविद्यालय धरासायी बनाउने चलखेल भईरहेको हुँदा क्रान्तिकारीले समयमै ज्ञापन पत्र बुझाएको ज्ञापन पत्रमा उल्लेख गरेकाे छ।

सरकारी सेवा सुविधा लिएर निजी कलेज खोल्नेदेखि सरकारी भन्दा निजीमा मेहनत गर्ने समय दिने जस्ता गतिबिधीले सरकारी विश्वविद्यालय दोहन गर्न लागेको भन्दै ज्ञापन पत्र बुझाएको जनाएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले क्रान्तिकारीले विश्वविद्यालयमा सम्बन्धन रोक्ने देखि दोहोरो प्राध्यापन बन्द गर्नुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

क्रान्तिकारीले ध्यान नदिदा विश्वविद्यालयका केही जिम्मेबार व्यक्तिहरु शैक्षिक व्यापारमा केन्द्रीत हुँदा शैक्षिक गुणस्तर खस्किरहेको भन्दै रोक्नका लागि एक्सनमा उत्रिएको बताए । विश्वविद्यालय दोहन गर्न उद्यत भए क्रान्तिकारीले कडा कदम चाल्ने चेतावनी दिएका छन ।

सुप विश्वविद्यालयले सम्बन्धन दिएपनि प्रकृयागत रुपमा दिने र कुनै आर्थिक चलखेल नहुने दावि गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>