Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०३ गते बुधबार

कञ्चनपुरमा दिनप्रतिदिन अत्यधिक चिसो बढेपछि कञ्चनपुर केही स्थानीय तहहरूले आफू मातहतका विद्यालयहरूमा दुई दिनका लागि चिसो बिदा दिएका छन् । भोलि ४ र ५ गतेका लागि कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालसकाले चिसो विदा दिने निर्णय गरेका छन् ।

दुई पालिकाले चिसो विदा दिइएको सूचना सार्वजनिक गरेका छन् भने बेलडाँडी गाउँपालिकाले केही समयमै सूचना निकाल्ने प्रवक्ता गज बहादुर बिष्टले जानकारी गराएका छन् । बिष्टका अनुसार आफुहरू अस्तव्यस्त भएकाले सूचना निकाल्न ढिला भएको जनाउदै अध्यक्ष ज्यू संग विदा दिने सल्लाह भईसकेको जनाए ।

मौसम प्रतिकुलताका कारण अत्याधिक चिसो बढ्न गई विद्यार्थीहरुको पठनपाठनमा असहजता र स्वास्थ्य अवस्थामा समेत प्रतिकूल असर पर्ने अवस्था भएकाले विदा दिईएको हो । यसरी तराईमा अत्यधिक तिसो बढेर बाल बालिकाहरु प्रभावित भईरहेका बेला कञ्चनपुरका तीन पालिका बाहेक अन्य पालिकालाई केही मतलब भने नदेखिएको अभिभावकहरुले बताएका छन । अभिभावकहरुले छोराछोरी विद्यालय पठाउन समस्या भएको बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>