Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०३ गते बुधबार

एन प्याब्सन खेलकुद महाेत्सव कंचनपुरकाे खुलामञ्चमा उद्घाटन

१६ औं एन प्याब्सन खेलकूद महोत्सव खुला मञ्चमा उद्घाटन गरिएको छ । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसिएसन (एन प्याब्सन) कञ्चनपुरले आयोजना गरेको महोत्सवको उद्घाटन काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गरेका छन् ।

मञ्चमा उद्घाटन अघि महेन्द्रनगर बजारमा प्रभातफेरि गरिएको छ । उद्घाटन कार्यक्रममा ओलम्पियन डम्बरदत्त भट्टले ओलम्पिक मसाल प्रदर्शन गरे ।

खुला मञ्चमा उद्घाटनपछि महोत्सवका खेलहरु कबर्ड हलमा हुने छन् । महोत्सवमा एन प्याब्सन आवद्ध ५६ विद्यालय सहभागी भएको सचिव बलदेब भट्टले जानकारी दिए । 

उद्घाटनमा प्रमुख सचेतक लेखकलाई विद्यार्थीहरुले सलामी दिए ।
कार्यक्रममा प्रमुख सचेतक लेखकले संघीय संसदमा विचाराधिन शिक्षा ऐन निजी विद्यालयको भावना विपरित नआउने उल्लेख गर्दै आफूले त्यसका लागि सक्दो सहयोग गर्ने बताए ।

एन प्याब्सन जिल्ला अध्यक्ष झंकरराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, एन प्याब्सन केन्द्रीय उपाध्यक्ष श्याम सिह मौनी, प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट लगायतका विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका छन् ।

एन प्याब्सन सचिव भट्टले सञ्चालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>