Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ २० गते शनिबार

कृष्ण बैजनाथ क्याम्पस निर्वाचन परिणाम सार्वजनिक, अध्यक्षमा भट्ट

शुक्लाफाँटा नगरपालिका–१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा सिद्धराज भट्ट निर्वाचित भएका छन्। शनिबार भएको मतदानमा उनी ४२ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी जगतबहादुर सिंहले ३१ मत प्राप्त गरेका छन्। आजीवन सदस्यमा जोगीसिंह सोव, देवराज जोशी र शिवराज भट्ट निर्वाचित भएका छन्।

सोवले ५२ मत, जोशीले ४९ र भट्टले ५१ मत पाउँदा प्रतिस्पर्धी बीबी भट्टले ३८ मत पाएका छन्। आजीवन सदस्यमा ४ जनाको मात्रै उम्मेदवारी परेको थियो।

संस्थापक सदस्यमा धर्मानन्द जोशी ३४ मत ल्याउँदै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी भाष्करदत्त जोशीले १७ मत पाएका छन् भने रतन जैरुले १८ मत पाएका छन्।

यसैगरी अभिभावक सदस्यमा ललित हमाल २७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी तिलक जप्रेलले २२ मत र नरबहादुर कुँवरले २९ मत प्राप्त गरेका छन्।  क्याम्पस सञ्चालक समिति सदस्यमा ५ जना निर्विरोध निर्वाचित भएका थिए ।

क्याम्पस सञ्चालक समितिको साधारण सदस्यतर्फ जगता राना र शेर बहादुर साउँद, संस्थागत सदस्यतर्फ रुद्री दत्त विष्ट, अभिभावक महिला सदस्यतर्फ दुर्गा जोशी भट्ट निर्विरोध निर्वाचित भएकी हुन् ।

यसैगरी, बुद्धिजीवि, समाजसेवी र शिक्षाप्रेमी मध्येबाट तेज बहादुर शाह निर्विरोध निर्वाचित भएका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>