Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष १७ गते शनिबार

उत्पादनको नयाँ लहर र्सिजना गर्नुपर्छ : ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगारीबाट फर्र्किएका जनशक्तिले मुलुकमा उत्पादनको नयाँ लहर सिर्जना गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष ओलीले विदेशमा सिकेको सीप तथा ज्ञानको समेत उपयोग गर्दै सहकारी, स्थानीय निकाय र जनताको सहकार्यमार्फत नयाँ ढङ्गले उत्पादनमा जोडिनुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएकाको शुक्रबार आयोजित राष्ट्रिय भेलामा उहाँले वैदेशिक रोजगारीमा युवा जनशक्ति पठाउन कम गर्दै युवालाई उत्पादनसँग जोड्न पर्ने बताउनुभयो ।

उहाँले रोजगारीको खोजीमा मात्रै नभई मुलुकमा चर्किएको हत्या र हिंसाका कारण सुरक्षाका लागिसमेत नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो बेलादेखि वैदेशिक रोजगारीमा जाने क्रम रोकिएन । यसलाई अब कम गर्दै युवालाई उत्पादनसँग जोड्नुपर्छ । अब युवा होइन, वस्तु पठाउनुपर्छ । अब वस्तु पठाउने र पैसा लिने गर्नुपर्छ । मान्छे गएर पसिना बगाउने होइन । पसिना यहाँ बगाउने, वस्तु पठाउने, पैसा खिच्ने । अहिले उल्टो भइरहेको छ । ”

उहाँले रोजगारको अवसर सिर्जना, अर्थतन्त्रलाई सवल बनाउने, उपभोग्य वस्तुमा उत्पादन बढाउने र विदेश पठाउने वस्तुको उत्पादनमा वृद्धि गर्ने नीति राज्यले लिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा ४२ प्रतिशत युवा जनशक्ति रहेको र ६० प्रतिशत जनसङ्ख्या काम गर्नसक्ने भएकाले समृद्धि सम्भव भएको चर्चा गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हाम्रै पालामा पूरा गर्न सकिन्छ, जुन हामी नेपालीको आकाङ्क्षा हो भन्नुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>