Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन ०६ गते आइतबार

चार विद्यार्थी संगठनकाे सुदुरपश्चिम विश्वविद्यालयलाई २४ घन्टे अल्टिमेटम

कञ्चनपुरमा क्रियाशील चार बिद्यार्थि संगठनले तीन बुदे माग सहित चाैबिस घन्टे अल्टिमेटम दिएका छन ।

नेबिसंघ जिल्ला सभापति रमेश चटाैत, अनेरास्ववियु संयाेजक अम्मर धामी, अखिल क्रान्तिकारी संयाेजक भुवन बिष्ट र राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थि संगठनका संयाेजक प्रेम रावलले  संयुक्त रुपमा बिज्ञप्ति जारि गरेका हुन ।

हाल विश्वविद्यालयले सम्बन्धन वितरण गर्ने सम्बन्धमा संयुक्त विद्यार्थी संगठनहरुले विभिन्न समयमा मापदण्ड ऐन, नीति नियम ढंगबाट र विश्वविद्यालयको केन्द्रीय क्याम्पसको अस्तित्व र आंगिक क्याम्पसहरुको अस्तित्वमा कुनै किसिमको आँच आउने किसिमले सम्बन्धन वितरण नगर्न पटक पटक चेतावनी दिँदा दिंदै अहिले प्राज्ञिक परिषद बाट सम्बन्धन वितरण गरेको भन्ने कुरा सुन्नमा आएको छ र केही महिना अघि सम्माननीय प्रधानमन्त्री तथा सु.प. विश्वविद्यालय कुलपति कार्यालयबाट समेत उपकुलपति ज्यूको कार्यकाल सकिदै गर्दा विश्वविद्यालयलाई दीर्घकालिन असर पर्ने सरुवा, बढुवा र सम्बन्धन जस्ता क्रियाकलापहरु नगर्न परिपत्र गरिँदा गरिदै पनि यस्ता कार्य गरेको हुँदा कञ्चनपुरमा क्रियाशील विद्यार्थी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रा मागहरु २४ घण्टा भित्र स्पष्ट जानकारी तथा मागहरु सम्बोधन गर्न हार्दिक अपील गर्दछौं बिज्ञप्तिमा उल्लेख गरिएकाे छ । यदि हाम्रा मागहरु सम्बोधन नभएको खण्डमा कडा भन्दा कडा आन्दोलन गर्ने जानकारी गराउँछौं र साथै त्यसवाट हुने क्षति सम्बन्धित पक्ष तथा प्राध्यापकहरुले व्यहोर्नुपर्ने जानकारी गराइन्छ बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
मागहरु निम्न रहेका छन ।
१) प्राज्ञिक परिषद्बाट सम्बन्धनका विषयमा भएको निर्णय विश्वविद्यालयको आधिकारिक जानकारी गराउनुपर्ने ।

२) विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरु आफ्नो समय तालिकाको समयमा समेत निजी तथा सामुदायिक शैक्षिक संस्थाहरुमा अध्यापन गराइरहेको हुँदा विश्वविद्यालयमा सम्पूर्ण संकायबाट प्राप्त भएको प्राध्यापकहरुको समय तालिका अख्तियार दुरुपयोग अनुसन्धानलाई समेत दिइसकेको र यस्ता कार्य नगर्न आफ्नो कर्तव्य प्रति जवाफदेही हुन हार्दिक अनुरोध गर्दछौं साथै समय तालिकाको समयमा निजी तथा सामुदायिक शैक्षिक संस्थामा अध्यापन गराई रहेको पाईएमा संयुक्त विद्यार्थी संगठनहरुले रचनात्मक आन्दोलनवाट कार्वाही गरिने कुरा जानकारी गराईन्छ ।

३) लामो समयसम्म सु.प. विश्वविद्यालय तथा आंगिक क्याम्पसका प्राध्यापकहरु कञ्चनपुर आई बसिरहेको तर हाजिर हुनुपर्ने क्याम्पसमा हाजिर नदेखिएको हुँदा छानविन गरी कार्वाही गर्नुपर्ने । बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यश सम्बन्धमा बिश्वबिद्धालयका रजिस्टार यज्ञराज पाठक संग फाेन सम्पर्क गर्दा फाेन उठन सकेन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>