Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० फागुन ०६ गते आइतबार

आफुले पाएको तलब भत्ताबाट वडाध्यक्ष चन्दले दिए बिद्यालयलाई २ लाख बराबर रकमको फर्निचर

दोधारा चाँदनीका वडाध्यक्ष अध्यक्ष विक्रम चन्दले झण्डै रु. २ लाख बराबरको फर्निचर विद्यालयलाई सहयोग गरेका छन् । आईतवार दोधारा चाँदनी नगरपालिका– १ मा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयलाई आफनो तलब भत्ता वाफतको आएको रकमले विद्यालयलाई आवश्यक रहेको बेन्च र डेस्क एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका छन् ।

वि.सं २०२३ सालमा स्थापना भएको उक्त क्षेत्रकै जेष्ठ विद्यालयमा विद्यार्थीहरुका लागी बस्नलाई बेञ्च र डेस्कको अभाव रहेको हुदा आफुले विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सहजताको लागी होस आफनो निजी भत्ता तलबबाट झण्डै रु. २ लाख बराबरको सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका वडा अध्यक्ष चन्दले बताए ।

चुनावी समममा आफुले गरेको घोषणा अनुरुप तलब भत्तालाई सामाजिक उत्तरदायित्व कार्यमा खर्च गर्ने प्रतिवद्धता अनुसार आफुले विद्यालयलाई सहयोग गरेको उनले बताए । आफुले पनि अध्ययन गरेको उक्त विद्यालयलाई केही सहयोग गर्नु पर्छ भन्ने मनसायले बिद्यार्थीलाई बस्नको निम्ती बेञ्च डेष्क सहयोग गरिएको र आगामी दिनयतहरुमा पनि असाहय, दलित गरिवहरु समस्या परेकाहरु, अपाङगता भएका व्यक्तीहरुलाई पनि साथ र सहयोग गर्ने बताए ।

विद्यालयका शिक्षक विनोद कुमार पन्तले वडा अध्यक्ष चन्दले आफनो विद्यालयमा गरेको सहयोग प्रती कृतज्ञता व्यक्त गर्दै विद्यार्थीहरुलाई बस्नका लागी पनि समस्या भएको अवस्थामा वडाध्यक्षको निजी सहयोगले विद्यार्थीहरुलाई अध्ययन गर्न पनि सहजता हुने बताए । उनले विद्यालयमा अन्य पनि समस्याहरु रहेको बताउदै वडा अध्यक्षले बिद्यालयमा रहेको खानेपानीको लागी पनि सहयोग गरेको बताए । स्थानिय काशी दत्त भट्टले वडा अध्यक्षले गरेको सहयोगले आफना बालबालिकाले सहज रुपमा अध्ययन गर्न पाउने बताए ।

आगमी दिनमा पनि विद्यालयका लागी सहयोग गरिदिन उनले आग्रह गरे, दोधारा चाँदनी नगरपालिकाका वडा अध्यक्ष केशवबहादुर खत्रीले वडा नम्वर १ का वडा अध्यक्ष विक्रम चन्दले गरेको कार्य सहनिय रहेको बताएका छन् । उक्त बेञ्च डेस्क हस्तान्तरण कार्यक्रममा बोल्दै उनले आफुले पनि आफनो व्यक्तीगत लगानीले दिनदुखी गरिब बिरामीहरुको उपचारमा र सामाजिक उत्तरदायित्वका कार्य गरिरहेको बताए । यसरी सबै जनप्रतिनिधीहरुले आ–आफनो क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्य गरेमा सबैको भलो हुने र कोही पनि दुखी नहुने बताए । निर्वाचनको समयमा आफुहरुले जनतालाई गरेको वाँचा प्रतिवद्धता अनुरुपनै काम गरिरहेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>