Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० फागुन ०९ गते बुधबार

प्रधानमन्त्रीकाे निर्देशन पछि सम्बन्धन दिन घुमाउराे पारा अपनाईदै, विद्यार्थी आन्दाेलित ।

सुदुरपश्चिम विश्वविद्यालय
प्राज्ञिक परिषद ले क्याम्पसहरुलाई सम्बन्धनका लागि सिफारिस गरेकाे खुलेकाे छ । विश्वविद्यालयका उपकुलपतिकाे कार्यकाल सिद्धिन लागेका बेला दिर्घकालिन असर पर्ने काम नगर्न प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले माघ ३ गते पत्र लेख्दै जानकारी गराएकाे थियाे ।

विश्वविद्यालयमा क्रियासिल चार विद्यार्थी संगठनले दिर्घकालिन असर गर्ने काम राेकिरहेका बेला निहित स्वार्थका लागि घुमाउराे पारामा सम्बन्धन दिन खाेजिएकाे भन्दै चाैबिस घन्टे अल्टिमेटम सहित आईतबार प्रेस बिज्ञप्ति जारि गरेका थिए ।

बिज्ञप्तिकाे समय साेमबार सकिएपछि मंगलबार अखिल क्रान्तिकारीका कंचनपुर जिल्ला अध्यक्ष भुवन सिह बिष्टकाे नेतृत्वमा ब्यावस्थापन विभागका डिन पदमराज जाेशीकाे कुर्सी बाहिर फालिएकाे छ । यश सम्बन्धमा अध्यक्ष बिष्टले भने प्रधानमन्त्री कार्यालयले दिएकाे निर्देशन अटेर गर्दै पैसा लेनदेन गरि विश्वविद्यालयकाे हित बिपरित घुमाउराे पारामा सम्बन्धन दिन थालेपछि पट्क पट्क विश्वविद्यालय पदाधिकारि संग सम्पर्क गर्याै तर सम्पर्कमै नआउने भएपछि बाध्य भएर आन्दाेलन गर्नुपर्ने बाध्यता आएकाे, सबै विभागमा ताला लागेका छन पदाधिकारि कता छन अत्ताेपत्ताे भएन ब्यावस्थापन बिभाग खुला थियाे आन्दाेलन स्वरुप प्राज्ञिक परिषद सदस्य भएका कारण वहाकाे कुर्सी बाहिर फालिएकाे बताए ।

राप्रविसंघका जिल्ला संयाेजक प्रेम रावलले आज बुघबार बाट सशक्त रुपमा थप आन्दाेलन गर्न सबै संगठनकाे सहभागितामा अगाढि बढ्ने बताएका छन ।

यश बिषयमा विश्वविद्यालयका रजिस्टार यज्ञराज पाठक संग कुरा गर्दा बहाले कार्यकारि परिषदलाइ सम्बन्धन सम्बन्धि निर्णय गर्ने अधिकार भएकाे साे काम कार्वाहि राेक्न प्रधानमन्त्रीकाे आदेश आएकाे उल्लेख गर्दै प्राज्ञिक परिषदका सदस्य सबैले सम्बन्धन सम्बन्धि निर्णय गर्दै तल र माथी हस्ताक्षर सहित सिफारिस गरेकाे बताएका छन ।


#शुपवि सम्बन्धन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>