Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १० गते बिहिबार

त्रीभुवन विश्वविद्यालय उपकुलपतिमा बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका बराललाई उपकुलपति नियुक्त गर्नुभएको हो । उहाँ पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ ।

उहाँ सत्तारुढ नेकपा माओवादी निकट प्राध्यापकका रूपमा चिनिनुहुन्छ । बुढाथोकी पनि मा‌‌‍‍‍‍ओवादी निकट भएकाले कसलाई नियुक्त गर्ने भन्नेबारे माओवादी भित्रै एकमत थिएन ।

नेता वर्षमान पुन, देवेन्द्र पौडेल बुढाथोकीलाई उपकुलपति बनाउनुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री प्रचण्ड नै बरालको पक्षमा रहेको चर्चा हुने गरेको थियो ।

यस पटक सरकारले उपकुलपतिमा खुला विज्ञापन गरेको थियो । जसमा ४३ जनाले आवेदन दिएकोमा सिफारिस समितिले १४ जनाको सर्ट लिष्ट गरेको थियो ।उनीहरूमध्ये ४ वर्षीय कार्य योजना र अन्तर्वार्ताको आधारमा तीन जनाको नाम सिफारिस गरिएको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको संयोजकत्वमा गठित छनौट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य थिए । 

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली थियो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>