जनसेवा मावि हल्दुखालमा खाद्य शुरक्षा संगै खाद्य परिकारहरु बारे जानकारी गराउने र शैक्षिक जागरण ल्याउने उदेश्यले शैक्षिक तथा खाद्य प्रदर्शनी संगै विद्यालयको बार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सिह रावलको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनपुर क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य तथा पुर्ब मन्त्री रमेश लेखक प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमको उदघाटन गर्दै पुर्ब मन्त्री समेत रहनुभएका नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले विद्यालयमा रहेका भौतिक तथा शैक्षिक समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।
बिगतको तुलनामा विद्यालयमा धेरै सुधार भएको भन्दै विद्यार्थीहरुले गरेको प्रदर्शनीले पनि यसलाइ पुष्टि गरेको बताउनुभएको छ । जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक कल्पना पाण्डेयले विद्यालयमा भौतिक पुर्वाधार मर्मतसम्भार देखि शैक्षिक सुधारका धेरै कामहरु बाकी रहेको भन्दै यसमा सबैको साथ सहयोग आवश्यक हुने बताउनुभएको छ ।
विद्यार्थीहरुलाइ व्यावहारिक र जीवनउपयोगी शिक्षामा विद्यालयले जोड दिएको भन्दै खाद्य तथा शैक्षिक प्रदर्शनी पनि यस प्रकारको सन्देश दिन सफल रहेको उहाको भनाइ रहेको थियो । भुमि आयोगका अध्यक्ष देबेन्द्र ढुंगानाले आजको युगमा बैज्ञानिक र व्यवहारिक शिक्षा आवश्यक रहेको भन्दै यसमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा बिभिन्न खानाका परिकारहरु शैक्षिक तथा बिज्ञान प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कक्षामा राम्रो अंक ल्याउने बिद्यार्थीहरु साथै बिभिन्न बिदामा उत्कृष्ठ बिद्यार्थीहरुलाइ बिभिन्न किसिमको पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी वडा नं.४ का अध्यक्ष सुसिल भट्ट लगायत बिभिन्न क्षेत्रका बुद्धिजिबि समाज सेबी संचारकर्मी र अभिभावकहरुको सहभागिता रहेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया