Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष १८ गते आइतबार

गाेदावरिमा दुर्घटना ६ जना घाइते ।

गोदावरी नगरपालिका–३ चौकिडाडामा स्कारपियो दुर्घटना हुँदा भारतीय यात्रुसहित ६ जना घाईते भएका छन् । भारतीय नम्बर प्लेटको स्कारपियोले अटो रिक्सालाई ठक्कर दिदा दुर्घटना भएको हो । दुबै सवारीसाधनमा रहेका ३/३ गरी ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

स्कारपियोमा सवार यात्रु भारतको नैनितालबाट भगवान पशुपती नाथको दर्शन गर्न काठमाडौं गइरहेका थिए । इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार 
महेन्द्रनगरबाट पूर्वतर्फ गइरहेको भारतीय युके ०४ एजी ९५७८ नम्बरप्लेटको स्कारपियोले से १ ह १९७० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

‘स्कारपियोले अटोलाई ठक्कर दिदा डिसब्यालेन्स भएर बिजुलीको पोलमा गएर ठोक्किएको देखिएको छ,’ उनले भने, ‘घाइतेहरुको अवस्था सामान्य छ ।’ दुर्घटनामा अटो चालक ३३ बर्षीय भवानी महरा, २९ बर्षीय निर्मला सिंह, बझाङको बुगंल नगरपालिका–४ बस्ने ४८ बर्षीय दुर्गा नाथ घाइते भएका छन् ।

स्कारपियोमा सवार १२ बर्षीय बिष्णुमणी जोशी, ४२ बर्षिय मनोज पन्त र स्कारपियो चालक मनोजकी ९ बर्षीया छोरी सिद्धी जोशी पनि घाइते भएकी छन् । डिएसपी पोखरेलले स्कारपियोमा सवार यात्रु भारतको नैनितालबाट काठमाडौंस्थित पशुपतिनाथ दर्शनका लागि हिडेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>