Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
काठमाडौं
२०७८ पुष १८ गते आइतबार

माओवादि अधिबेशन मा केन्द्रीय सदस्यहरु काे नामावलि पास काे काे परे

दिपक जाेशी - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका छन् । आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको छ । प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । 
खुलातर्फ आफ्नो नाम २३ नम्बरमा उल्लेख गरेका प्रचण्डले पुरानो केन्द्रीय समितिका प्रायः सबै नेताहरुलाई क्लस्टरसहितको प्यानलमा समेटेका छन् भने केही नयाँलाई समेत समेटेका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको २३६ सदस्यीय कमिटीलाई महाधिवेशनले अनुमोदन गर्न आग्रह गरेपछि प्रतिनिधिहरुले ताली पड्काएर त्यसलाई अनुमोदन गरेका थिए ।
बाँकी रहेका सदस्यहरु पनि चाँडै पूर्ति गरिने र कमिटीलाई पूर्णता गरिने प्रचण्डले बताए । अब सोही कमिटी भित्रबाट पदाधिकारीको चयन हुनेछ । उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सहमति जुटेन भने केन्द्रीय कमिटीमा मतदान हुनेछ । आइतबार बन्दसत्रमा प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय कमिटीको नामावली यस्तो छ

खुलातर्फ
खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य। रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहाुदर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाललगायत ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>